arrow

‘इडियट’ सर्च गर्दा किन आउँछ ट्रम्पको फोटो ?

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
donald-trump.jpg

काठमाडौं । डिजिटल प्रविधिको युगमा मानिसहरु अनलाइनबाटै आफ्नो प्रश्नको उत्तर पाउने गर्छन् । यस्तोमा अनलाइन खाखेजी इन्जिन गुगल अत्यधिक मात्रामा प्रयोग हुने गरेको छ । गुगलमा अनलाइन खोजी गर्ने क्रममा ‘इडियट’ अर्थात् मूर्ख भनेर खोजी गर्दा ट्रम्पको पनि फोटो  आउने गरेको छ । यस विषयमा गुगलका सीईओ सुन्दर पिचाइले अमेरिकी संसदीय समितिमा स्पष्टीकरण दिएका छन् ।

जवाफमा गुगलका सीईओले यसै किसिमको एल्गोरिदमको कारण यस्तो भएको जवाफ दिएका छन् । अमेरिकाको डेमोक्रेटिक सांसदहरुले गुगलमा इडियट सर्च गर्दा ट्रम्पको फोटो आउनु कुनै राजनीतिक भेदभाव हो कि होइन भन्ने आशंका व्यक्त गरेका थिए ।

 जवाफमा सीईओ पिचाइले अर्बौं शब्दहरुको र्‍यांकिङको आधारमा गुगलको खोजीको नतिजा देखाइने र त्यसमा लोकप्रियता, त्यसको आधारलगायतका २०० कारणमा तय हुने गरेको बताए ।

गुगलमाथि कसैलाई कटाक्ष गरेको र हेच्याउने काम गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । यस विषयमा पिचाईले कुनै पनि व्यक्ति तथा संस्थाको लागि गुगलमा यस किसिमको काम गर्नु असम्भव रहेको बताए ।
 
उनले गुगलको खोजीमा कुनै पनि राजनीतिक कारण नरहने गरेको स्पष्ट पारे । खोजीको नतिजा कर्मचारीको माध्यमबाट नभई एल्गोरिदमको आधारमा हुने भएकोले यस्तो कुनै सम्भावना नरहेको बताए ।
 
गुगलमा ‘इडियट’ शब्द खोजी गर्दा यसकारण आउँछ कि यो शब्दको प्रयोग उनको लागि धेरैपटक गरिएको छ । गत जुलाईमा ट्रम्प बेलायत भ्रमणमा जाँदा त्यहाँका मानिसहरुले ट्रम्पको विरोधमा ‘अमेरिकन इडियट’ नामको गीत बनाएका थिए ।

 त्यसपछि धेरै मानिसहरुले आफ्नो पोस्ट, लेखमा ट्रम्पको फोटोको साथमा ‘इडियट’ शब्दको प्रयोग गरेका थिए । जसको कारण गुगलमा उक्त शब्द खोज्दा ट्रम्पको फोटो अगाडि आओस् भन्ने ध्याउन्न रहेको छ । यसलाई ‘गुगल बाम्बिङ’ भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ