arrow

ईशा अम्बानीको विवाहको न्यापकिनको मूल्य कति ?

logo
प्रकाशित २०७५ पुष १ आइतबार
isha-napkin.JPG

काठमाडौं । सबै मानिसहरुको विवाहको पार्टी एकै किसिमको हुँदैन । सबैले आफ्नो क्षमताअनुसारको विवाह वा अन्य पार्टी दिने गर्छन् । यसै क्रममा भारतीय अर्बपति मुकेश अम्बानीको छोरी ईशा अम्बानीको विवाहले अहिले चर्चा पाएको छ ।

यो पार्टीको भव्यताको विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको हो । ईशा अम्बानीको विवाहमा ७ सय प्रकारका खानेकुराहरु थिए । यो समारोहमा भारतका चर्चित सेलिब्रेटीहरुका साथै उल्लेख्य विदेशी पाहुनाहरु पनि आएका थिए । सो पार्टीमा गएका मानिसहरुका अनुसार उक्त पार्टी निकै शानदार रहेको बताएका थिए ।

भारतीय अर्बपति अम्बानीले छोरीको विवाहमा पनि पानी बराबर पैसा खर्च गरेका थिए । यो पार्टीमा प्रयोग गरिएको न्यापकिन पनि निकै महँगो रहेको बताइएको छ । यसलाई प्रसिद्ध डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका थिए ।

मल्होत्रा बलिउड सेलिब्रेटीको आउटफिट डिजाइनका लागि चर्चित छन् । अहिले प्राप्त समाचारअनुसार नेपकिनको मूल्यमा सच्चाइ रहेको वा नरहेको भन्ने नखुले पनि लाखौंको रकम यसमा खर्चिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ