arrow

अझै पुगेनन् विद्यालयमा पाठ्यपुस्तक र शिक्षक

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
District-58-Jumla--hamrakura.jpg.jpeg
जुम्ला । गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् । स्थानीयवासी शिक्षकले सामान्यतः विद्यालय खोले पनि सबै शिक्षक विद्यालयमा नपुगेका कारण अध्ययन अध्यापन पुनःसञ्चालन हुन नसकेको सरस्वती उमावि कुडारी जुम्लाका मावि शिक्षक यादवराज आचार्यले जानकारी दिए  । आचार्यका अनुसार यही फागुन दोस्रो सातासम्म भर्ना अभियान जारी रहेकोले पनि अध्ययन अध्यापन पूर्ण रुपले नलचेको हो । कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक जिल्लामा नभएकाले पनि अध्यापनमा कठिनाइ आएको उनको भनाइ छ । 
 
नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महतले जिल्लाका केही विद्यालयमा भएको स्थलगत अनुगमनबाट सबै शिक्षक जिल्लामा नपुगेको जनाए  । शिक्षकका अनेक कामका कारण सरकारी शिक्षा सेवामा लापरबाही बढेको महतको आरोप छ । कुडारी–३ का नरबहादुर रावतले जिल्ला शिक्षा कार्यालयको कमजोरीका कारण सरकारी विद्यालयमा पढ्ने गरिब वर्गको छोराछोरीको भविष्य चौपट भएको सुनाए   । 
 
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले विद्यालयमा पठनपाठन नभएको गुनासो आफूमा पनि आएको बताए । “सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय खोल्ने मात्र नभई नियमित पठनपाठनको व्यवस्था मिलाउन निर्देशन गरिसकेका छौँ” फडेराले भने । 
 
जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा पाठ्यपुस्तक गत माघ मसान्तभित्र नै पुर्‍याइसकेकाले विद्यालयमा पुस्तक लैजाने काम जारी रहेको जनाइएको छ । फडेराका अनुसार जुम्लाका लागि यस वर्ष पाठ्यपुस्तक खरिद गर्न रु ८८ लाख ३३ हजार रकम निकासा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ