arrow

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सिफारिस: पुरानो भाषा पक्षधरहरुको बाहुल्यता

logo
प्रकाशित २०७५ पुष २ सोमबार
Nepal_academy.jpg

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सिफारिस गरेको छ । गत असोज महिनामा प्रधानमन्त्री केपी ओलीहरुले प्रतिष्ठानको कूलपति र सदस्य सचिव नियुक्त गरेका थिए भने बाँकी प्राज्ञहरुको स्थान रिक्त रहेको थियो । 

गत असोज २१ गते प्रधानमन्त्री ओलीले कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्य–सचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्ति गरेका थिए । सरकारले सिफारिस गरेका केही प्राज्ञहरु साँच्चिकै प्राज्ञ भन्न सुहाउने खालको रहेको जानकारहरु बताउँछन् । केही समय अघि प्रज्ञा प्रतिष्ठानमा पुरानो र नयाँ भाषा मध्ये कुन भाषलाई आत्मसाथ गर्ने भन्नेमा निकै ठूलो बहस भएको थियो । परम्परागत भाषालाई विगारेर केही प्राज्ञहरुको दबाबमा अहिले नयाँ शब्दकोष समेत सुरु गरिसकिएको छ । तर, अहिले सिफारिस भएकाहरु मध्ये अधिकांश पुरानो भाषाका पक्षधरहरु रहेका छन् । 

सरकारले प्रतिष्ठानको उपकुलपतिमा डा। जगमान गुरुङलाई सिफारिस गरेको छ । उनीसँगै प्राज्ञ सदस्यहरुमा प्रा। दिनेशराज पन्त, प्रा।डा। योगेन्द्रप्रसाद यादव, डा। हेमनाथ पौडेल, प्रा।डा। उषा ठाकुर, माया ठकुरी, प्रा।डा। गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा। देवी नेपाललाई सिफारिस गरेको छ । यी प्राज्ञहरुमा डा। हेमनाथ पौडेल नयाँ भाषा हुनुपर्छ भन्नेमा कट्टर छन् भने पुरानो बाँकी लगभग सबै जना पुरानो भाषाका पक्षधर छन् । डा. देवी नेपाल भने कहिले नयाँ भाषाको पक्षमा त कहिले पुरानो भाषाको पक्षमा देखिन्छन् । 

त्यस्तै, प्राज्ञसभाका सदस्यमा पनि २४ जनाको नाम सिफारिस गरिएको छ । यसरी सिफारिस हुनेमा डा। रजनी ढकाल, डा। गीता त्रिपाठी, लक्ष्मी उप्रेती, डा। विणा सिन्हा, महेश्वर राय, हरिशचन्द्र लावती, गोविन्द आचार्य, सुभद्रा भट्टराई, डा। हरिदत्त पाण्डे, डा। विजयकुमार दत्त, शशी लुमुम्बू, हरिप्रसाद तिमिल्सिना, राम विनय ९रामकुमार श्रेष्ठ०, प्रा।डा। खेम कोइराला, आरडी प्रभास चतौत, विवश पोखरेल, ध्रुव मधिकर्मी, रमा शर्मा, रामबाबु सुवेदी,  सूर्य खड्का विखर्ची, प्रा।डा। कपिल लामिछाने, प्रा।डा। गोपालप्रसाद पोखरेल, प्रा। केशव सुवेदी र नन्दुप्रसाद उप्रेती रहेका छन्। यस मध्ये प्रा। केशव सुवेदी नयाँ भाषाका पक्षधर हुन् भने अरु सबै पुराना भाषाका पक्षधर हुन् । 

कूलपति, उपकुलपति, सदस्य सचिव, संस्कृति मन्त्रालयका सचिव ९पदेन सदस्य० र नेपाली कला–साहित्य तथा दर्शनको क्षेत्रमा सहयोग पुर्‍याएका मध्येबाट ३५ जना मनोनित सदस्यहरु प्राज्ञ सभामा हुन्छन् । यसले कार्यकारी भूमिकामा रहेको प्रज्ञा परिषद्लाई निर्देशन दिने काम गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ