arrow

७ वर्षका बालकले कमाए करोडौं रकम, खेल्ने उमेरमा बेच्दै छन् खेलौना

logo
प्रकाशित २०७५ पुष २ सोमबार
riyan.jpg

काठमाडौं । सामाजिक सञ्जाल केवल मनोरञ्जन गर्ने माध्यम मात्र होइन, यो आम्दानीको पनि राम्रो माध्यम बन्न पुगेको छ । यस्तोमा सामाजिक सञ्जाल युट्युबमा पनि यस्ता धेरै प्रतिभाहरु सुपरस्टार बनेका छन् । साथै उनीहरुले उल्लेख्य रकम पनि आम्दानी गर्ने गरेका छन् ।

यसै सिलसिलामा सात वर्षका एक बालकले पनि युट्युबबाट लाखौं डलर आम्दानी गरेका छन् । रियान नाम गरेका उक्त बालक सबैभन्दा कम उमेरका धेरैले रुचाएका स्टार हुन् । उनको कमाइको विषयमा फोब्र्सले युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने स्टारको रुपमा नाम राखेसँगै उनको आम्दानी प्रकाशमा आएको हो ।

रियानले २०१८ मा २ करोड २० लाख डलर आम्दानी गरेका थिए । फोर्ब्स म्यागाजिनले सबैभन्दा बढी कमाउने युट्युबरको सूचीमा रियानको नाम सबैभन्दा अगाडि आएको थियो ।
 
रियानको जस्तो हाउभाउ देखाउने एक किसिमका खेलौनाहरु वालमार्ट कम्पनीले निकालेको छ । जसको नामा पनि रियान दिइएको छ । पछिल्लो समय यो खेलौनाको व्यापार पनि बढ्दो क्रममा रहेको व्यापारीहरुले बताएका छन् । अहिले रियान १ कक्षामा पढ्छन् तर उनको कमाइ लाखौं डलरको छ । उनको रियान टोयज रिभ्युको माध्यमबाट पछिल्लो ३ वर्षदेखि खेलौनाको रिभ्युको काम भइरहेको छ । यसमा खेलौनाको विषयमा सबै जानकारी पाउन सकिन्छ ।

रियान युट्युबमा सबैभन्दा बढी टोय रिभ्यु हेर्ने गर्थे । उनको यस किसिमको शोखको कारण उनकी आमाले युट्युब च्यानल खोलिदिने निर्णय गरेकी थिइन् ।  अहिलेसम्म रियानको उक्त च्यानल निकै चर्चित भइसकेको छ । उनको सबैभन्दा चर्चित भिडियो ह्युज एग्स सरप्राइस हो । यो भिडियो १ अर्ब ५० करोडभन्दा धेरै पटक हेरिइसकेको छ । रियानका एक करोडभन्दा बढी फलोअर्स रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ