arrow

हुवावे नोभा ४ सार्वजनिक, यस्ता छन् विशेषता 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २ सोमबार
nova_4.png

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले चीनमा नोभा ४ सार्वजनिक गरेको छ । कम्पनीले ४८ मेगापिक्सलको रेयर क्यामेरासहितको केही महत्वपूर्ण फिचर्सहरुको साथमा यो समार्टफोन ल्याएको हो । 

यो स्मार्टफोनको मूल्य ४८ मेगापिक्सलको वारियन्टको ३४ सय र २० मेगापिक्सलको वारियन्टको मूल्य ३१ सय चिनियाँ युआन तोकिएको छ । चीनमा यो स्मार्टफोनको प्रि–अर्डर सुरु भइसकेको छ । २७ डिसेम्बरदेखि यो स्मार्टफोन बिक्रीका लागि राखिने छ । यो स्मार्टफोन कालो, निलो, रातो र सेतो रङको वारियन्टमा उपलब्ध रहेको छ । 

के के छन् विशेषता ? 

ड्युल सिम लाग्ने नोभा ४ एन्ड्रोइड भर्सन ९.० पाइमा चल्छ । यसमा ६.४ इन्चको फुल एचडी प्लस डिस्प्लेको प्रयोग गरिएको छ । हुवावे नोभा ४ अक्टाकार हाइसिलिकन किरिन ९७० मा चल्छ । जसमा ८ जीबी र्‍यामको प्रयोग गरिएको छ । साथै १२८ जीबीको इन्टर्नल स्टोरोज दिइएको छ । यसमा एसडी कार्ड भने प्रयोग गर्न मिल्दैन । 

यो स्मार्टफोनमा ट्रिपल रेयर क्यामेराको सेटअप रहेको छ । जसमा दुई वारियन्ट ४८ मेगापिक्सल र २० मेगापिक्सलमा सार्वजनिक गरिएको छ । यो स्मार्टफोनमा ४के भिडियो सपोर्ट, एआई ब्यूटी, ३डी क्युमोजीजसता फिचर्सहरु रहेका छन् । फोनको फ्रन्टमा २५ मेगापिक्सलको क्यामेरा दिइएको छ। 

यो फोनमा ४जी भीओएलटीई, वाइफाइ, ब्लुटुथ, जीपीएस, ३.५एमएम हेडफोन ज्याक, यूएसबी टाइप–सी डिजिटप कम्पासजस्ता फिचर्सहरु रहेका छन् । यसमा फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर्स पनि दिइएको छ । फोनमा ३७५० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ