arrow

म्यारिओट साइबर आक्रमणमा चिनियाँ ह्याकरको संलग्नता 

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
marriott-hotel-usa.jpg

काठमाडौं। अमेरिकाको म्यारिओट होटलमा भएको साइबर आक्रमणमा चिनियाँ ह्यारको संलग्नता हुनसक्ने एक विवरणले देखाएको छ। यो आक्रमणको विषयमा अनुसन्धानमा संलग्न अधिकारीहरुले चिनियाँ ह्याकरको संलग्नता हुनसक्ने बताएका हुन्। म्यारिओट होटलमा भएको साइबर आक्रमणमा ५० करोड ग्राहकहरुको विवरण चोरी भएको थियो। चिनियाँ गुप्तचरहरुले अमेरिकी होटलका ग्राहकहरुको विवरणहरु संकलन गर्नका लागि यो साइबर आक्रमण गराएको हुनसक्ने द न्यूयोर्क टाइम्सले  लेखेको छ। 

अनुसन्धानकर्ताहरुका अनुसार ह्याकरहरु कम्युनिष्ट पार्टीको जासुरी एजेन्सीसँग निकट रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि व्यापार, साइबर र आर्थिक नीतिको विषयमा नयाँ योजना ल्याउने तयारीमा रहेको अवस्थामा यो समाचार सार्वजनिक भएको हो।

अमेरिका र चीनको बीचमा व्यापारयुद्ध जारी रहेको अवस्थामा यस किसिमको समाचार आउनुले आगामी दिनमा समस्या उत्पन्न हुनसक्ने बताइएको छ। गत सेप्टेम्बरमा मात्र यो साइबर आक्रमण भएको खुलासा भएको थियो। चिनियाँ विदेशमन्त्रालयलका  प्रवक्ताले भने यो साइबर आक्रमणमा चीनको हात रहेको भन्ने कुरामा कुनै आधार नरहेको बताए। चीनले अमेरिकामाथि जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो।

अमेरिकी अधिकारीहरुले अहिले आफूहरु प्रणालीलाई निकै सुरक्षित बनाउने अभियानमा लागेको बताएका छन्। पछिल्लो समय अमेरिकामा साइबर सुरक्षाको जोखिम चुलिएको छ। केही समयअघि पनि अमेरिकाले अमेरिकी कम्पनी हुवावेमा सुरक्षाको जोखिम रहेको भन्दै आफ्ना सहयोगी मुलुकहरुलाई उक्त कम्पनीका उत्पादनहरु प्रयोग नगर्न सुझाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ