arrow

इन्टरनेटमा भाइरल भइन् ट्रम्पजस्तै देखिने यी महिला

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
trump-women.JPG

काठमाडौं । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तै देखिएको एक महिलाको फोटो भाइरल भएको छ । खेतमा कोदालो काँधमा राखेर उभिएकी महिलाको फोटो भाइरल भएको हो । उत्तरपश्चिम स्पेनमा एक फोटो पत्रकार पाउला वास्क्युजले केही दिन पहिले आएको तुफानपछि ग्रामीण क्षेत्र क्याबना डे बर्गाटिओसको भ्रमण गरेका थिए । वास्क्युजले भ्रमणको क्रममा भेटेका यी महिलासँग केहीबेर कुरा पनि गरेका थिए ।

यी महिलाको नाम एन्टिनो हो । पत्रकारले एन्टिनोसँग एक कृषि लेखबारे अनुसन्धानको विषयमा उनीसँग चर्चा गरेका थिए र उनको फोटो सामाजिक सञ्जाल इन्स्टाग्रााममा सेयर गरेका थिए । यद्यपि त्यतिबेलासम्म उनले यो फोटो डोनाल्ढ ट्रम्पसँग मिल्दोजुल्दो छ भन्ने कुराको भने ख्याल गरेका थिएनन् ।

सामाजिक सञ्जालमा सेयर भएपछि भने मानिसहरुले यो फोटोलाई हजारौं लाइक आएको थियो भने धेरै सेयर पनि भएको थियो । हफिंगन पोस्टकाअनुसार एन्टिलोको विवाह भएको ४० वर्ष भइसकेको छ । उनी स्पेनको एक गाउँमा बस्ने गर्छिन् । उनीसँग कम्प्युटर वास्मार्टफोन छैन तर उनी इन्टरनेटकी सेलिब्रेटी बनिसकेकी छिन् । उनलाई सेनेरा ट्रम्पको रुपमा प्रचार गरिएको छ । सेनोराको अर्थ श्रीमती वा महोदया भन्ने हुन्छ ।

इन्टरनेटमा भाइरल भएसँगै एन्टिलोले केही सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता पनि दिएकी छिन् । उनले आफ्नो कपालको रङको कारण ट्रम्पजस्तो देखिएको बताएकी छिन् । उनले आफूलाई कम्प्युटर वा स्मार्टफोन खरिदमा कुनै रुचि नभएको बताएकी छिन् ।
एन्टीलो स्पेनमा आलुखेती गर्छिन् । पछिल्लो समय मौसममा देखिएको गडबढीले उनको समस्या बढाएको छ । स्पेनमा डोनाल्ड ट्रम्प अलोकप्रिय छन् । उनीहरुले एन्टिलो र ट्रम्पको फोटो सेयर गर्दै रमाइलो गरिरहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ