arrow

भाडाका हत्यारा परे फन्दामा

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ। 
 
प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएकामा झलारी-पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन्। उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
 
सोमबार बिहान कलुवापुर बजारस्थित न्यु बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो। कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा लट्ठीएका युवकले अवस्थीको हत्या गरेका बताए। राजधानी दैनिकमा समाचार छ - उनका अनुसार अाइतबार राति होटल व्यवसायी अवस्थीसँगै बसेर मदिरा सेवन गरेका युवा मदिराको नशामा लट्ठीएपछि अवस्थीको हत्या गरेर काउन्टरबाट रुपैयाँ लुटेर फरार भएका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ