arrow

शिक्षक आयोगमा पुनःयोगको भीड

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
sewa_aayog.JPG

काठमाडौँ ।  शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उनले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताए।

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताए । आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग गर्नेछ । करीब ४० प्रतिशत शिक्षक अनुत्तीर्ण भएका छन् । उनका अनुसार दैनिक सय जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उनले बताए ।

यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ