arrow

दयाहाङसँग जीवनको भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
639580064.jpeg
काठमाडौं । आगामी मंसिर ११ गते अभिनेता दयाहाङ राई र जीवन लुँइटेलको भिडन्त हुने भएको छ । उनीहरुको भिडन्त वास्तविक नभई उनीहरु अभिनित फिल्मको भिडन्त हो । यो दिन दर्शकमाझ प्रतिक्षित बनेको ‘‘कबड्डी कबड्डी’ र ठुला नामले भरिएको फिल्म ‘जाऊ हिड पोखरा’ प्रदर्शनका लागि भिड्दैछन् । 

‘‘जाऊ हिड पोखरा’ का निर्देशक शोभित बस्नेत हुन् भने अर्को फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । शोभितले आफ्नो फिल्म ले दर्शक तान्ने दाबी गरे । ‘कबड्डी कबड्डी’ निकै प्रतिक्षित छ भन्ने जिज्ञासामा शोभितले यसबाट आफुलार्य कुनै फरक नपर्ने बताए । उनले ‘कबड्डी कबड्डी’ र ‘जाऊ हिड पोखरा’ हेर्न दर्शक नै फरक हुने दाबी गरे ।

शोभितको दाबी अनुसार मोफसलमा ‘‘कबड्डी कबड्डी’लाई भन्दा ‘जाउ हिड पोखरा’ले सर्वाधिक हल पाउनेछ ।  आफ्नो फिल्मले दर्शकको मन जित्ने र त्यसलाई अरु कुनै फिल्म वा अन्य चीजले असर नगर्ने उनको भनाई छ ।

जीवन लुईटेल र रेखा थापा स्टारर शोभितको फिल्म विगत लामो समयदेखि चर्चामा थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ