arrow

चेल्सी लयमा फर्किदै आठौं स्थानमा, शीर्ष स्थानको लेस्टरलाई झट्का

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Norwich-City-v-Chelsea.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टन विजयी भएका छन् । मंगलबार रागि भएको खेलमा चेल्सीले नर्विच सिटीलाई २–१ ले हराएको हो । चेल्सीलाई विजयी गराउन केनेडी र डिएगो कोस्टाले एक–एक गोल गरे । नर्विच सिटीका लागि नाथन रेडमोन्डले एक गोल फर्र्काए । यस्तै, एर्भटनले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । अन्य खेलमा एएफसी बर्नमाउथले साउथ ह्याम्पटनलाई २–० ले पराजित गर्दा शीर्ष स्थानको लेस्टर सिटी वेष्ट ब्रोमविच आल्वियनसंग २–२ को बराबरीमा रोकियो ।

यो बराबरीसंगै लेस्टर सिटीलाई धक्का लागेको छ । बराबरीले अग्रता बलियो पार्ने लेस्टरको सपना पुरा हुन सकेन । जसले दोस्रो स्थानको टोटनह्याम हट्सपरको अंक दूरी समेत कम बनाएको छ । उता, सण्डरल्याण्ड र क्रिष्टल प्यालेसले पनि २–२ को बराबरी खेलेका छन् । योसंगै शीर्ष स्थानको लेस्टर सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल कम खेलेको टोटनह्याम हट्सपर ५४ अंक बटुल्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानको आसर्ननलको ५१ अंक छ । संकटमा परेको चेल्सी भने लयमा फर्किंदै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । अब उसको २८ खेलबाट ३९ अंक भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ