arrow

बीपी कोईरालाको शैक्षिक अभियान देशभर – चन्द्र भण्डारी

logo
रमेश विश्वकर्मा
प्रकाशित २०७५ पुष ६ शुक्रबार
chandra-bhandari5.jpg

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले बीपी कोईरालाको शैक्षिक अभियानले आज देशभर शैक्षिक संस्थाहरुको स्थापना भएको बताएका छन् । 

बिहीबार छत्रकोट गाउँपालिका वडा नं १ हुँगास्थित श्री जन जागृति माध्यमिक विद्यालयले आफ्नो ५० औं वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् । 

उनले बीपी कोईरालाले परिकल्पना गरेको शैक्षिक विकासको अभियानलाई सफल बनाउन २०४६ सालको राजनितीक परिवर्तन पछि विभिन्न समयमा बनेको नेपाली कांग्रेसको सरकारले महत्त्वपूर्ण योगदान गरेको बताए ।

 शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई जति राम्रो पढाउने गर्दछन त्यति नै शिक्षकको सम्मान हुने गर्दछ । त्यसकारण विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई राम्रोसंग पढाउन आग्रह समेत गरे ।

उनले भने ‘मैले राजनीति ५ वर्षको एकपटक मात्र गर्छु, त्यो पनि चुनावको समयमा मात्र अरु समयमा मैले सम्पुर्णलाई आफ्ना दाजुभाइ सम्झेको छु, यो ठाउँको विकासको लागि सधै यहाँहरुको साथमा छु ।’

विकासका काम गर्दा सबैलाई पहुँच पुग्ने गरि सबैलाई समान रुपमा हेरेको समेत उनले बताए । हामी सरकारमा छँदा विकासका योजनाहरु हाम्रो जिल्लामा जति हुन्थ्यो अहिले कुनै पनि विकास निर्माणका योजनाहरु जिल्लामा नभएको भन्दै नेता भण्डारीले दुःख व्यक्त गरे । 

पुराना नेताहरुलाई अभिभावकत्व ग्रहण गरी युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरेमा मात्र देशले निकास पाउने बताए ।

सोहि अवसरमा नेता भण्डारीले पाँच लाख बरावरको अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्ष्यकोषबाट उत्कृष्ट पत्रकार, उत्कृष्ट  अंक ल्याउने विद्यार्थी र विद्यार्थीको स्वास्थ्य उपचारको लागि छात्रवृत्ति प्रदान गरिने छ । 

पाँच दिनसम्म चलेको उक्त स्वर्ण महोत्सवमा अक्षयकोष सहित ४० लाख रकम संकलन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ