arrow

जहाँ लाग्थ्यो अविवाहित पुरुषमाथि कर

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
marriages.jpg

काठमाडौं ।  कुनै पनि राज्यले व्यक्ति वा विभिन्न संस्थाहरूबाट लिइने सम्पति लाई कर भनिन्छ। करहरू सरकारी आयको एक स्रोत हुन्। यीनै रकमबाट सरकार देशको निर्माण र अन्य आवश्यक सेवाहरूको उपलब्ध गराउछ। करहरू विभिन्न प्रकारका हुन्छन् ।  जस्तै आय कर, घर भूमि कर र बिजुली र पानीमा लगाइने कर। अचम्मलाग्दो कुरा त के छ भने संसारमा यी कर बाहेक अन्य केही कर पनि लगाइने गरिएको छ ।

सन् १८२१ मा अमेरिकाको मिसौरीमा अविवाहित केटाहरूमाथि कर लगाइएको थियो। केटाहरुले १ डलर अविवाहित भएको कारण  तिर्नु परेको थियो । यस करको उद्देश्य व्यक्तिको विवाहको लागि उत्प्रेरित गर्नु थियो। यसका साथै अन्य देशहरूमा पनि केटाहरूमा करको लगाइएको इतिहास छ । जसको सुरुवात ९ औं शताब्दीमा भएको थियो । विश्वका यस्ता देशहरूको बारेमा थाहा पाउनुहोस् जहाँ अविवाहित केटाहरू माथि कर लगाईएको थियो ।

अमेरिका
 अमेरिकामा विवाहित मान्छेको तुलनामा अविवाहित केटाहरुको व्यवहार अनैतिक हुन्छ भन्ने विश्वास थियो ।  अविवाहित करको बारेमा मिशिगनका मानिसहरू विरोध गरेका थिए । उनिहरुले यदि अविवाहित पुरुष माथि कर लगाउन सकिन्छ भने कुमारी महिलाहरुमा पनि कर लगाउनुपर्ने तर्क गरेका थिए । १९३४ मा क्यालिफोर्नियामा २५ डलर अविवाहित कर लागाउने प्रस्ताव गरिएको थियो। तर यो प्रस्तावलाई अगाडी बढाउन अनुमति दिइएको थिएन र यो लागू भएन।

रोम
रोममा ८ औँ शताब्दीको सम्राट अगस्टसले व्यस्क कर लगाएका थिए । यो व्यस्क कर अविवाहित  र विवाहित सन्तान विनाका दम्पतिका लागि  थियो। यसको कारण मान्छे बच्चा जन्माउनको लागी उत्प्रेरित गर्ने उद्देश्य थियो, र अर्कोतर्फ यो अनैतिक व्यवहारलाई पनि रोक्न थियो। यो सरकारको लागि पैसा उठाउन उत्तम तरिका साबित भएको थियो ।

इङ्गल्याण्ड
सन् १६९५ मा इङ्गल्याण्डले इंग्ल्यान्ड र फ्रान्सको युद्धमा रकम जुटाउन आवश्यक थियो। सरकारी राजस्व बढाउने उद्देश्यले इग्लिश क्राउनले विवाह अधिनियम लागू  गरेका थिए  । यस कानूनको अनुसार, २५ बर्ष भन्दा बढी उमेरका पुरुषहरूले करको रूपमा निश्चित रकम तिर्नु पर्थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ