arrow

ह्याप्पी बर्थ डे शाहरुख

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1066517484.jpeg
मुम्बई । बलिउडका बादशाहका रुपमा परिचित सुपरस्टार अभिनेता शाहरुख खानले सोमबार ५० औं जन्मदिन मनाएका छन् । जन्मदिनका अवसरमा उनकी श्रीमति गौरी खानसँग शाहरुखले मुम्बईको बान्द्रास्थित मन्नत बंगलामा मध्यरातको १२ बजे केक काटेका थिए ।  

शाहरुख अहिले पनि बलिउडको सबैभन्दा महंगा अभिनेताका रुपमा चिनिन्छन् । उनले फिल्म ‘कभी हा कभी ना’का लागि २५ हजार रुपैंयाँ पारिश्रमिक लिएका थिए । शाहरुखले यसै फिल्मका लागि मुम्बईको एक सिनेमा हल बाहिर बसेर फिल्मको टिकट बेचेका थिए । 

शाहरुखको पहिलो कमाई ५० रुपैंयाँ थियो । जुन उनले गायक पंकज उदासको एक कन्सर्टमा काम गरेवापत पाएका थिए । आफ्नो थियटरको शुरुवाती दिनमा शाहरुखले दिल्लीको दरियागंञ्ज इलाकामा एक रेष्टुरेन्ट चलाएका थिए । शाहरुखका पिताले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए । उनले धेरै व्यापार चलाउने कोशिस गरे पनि सफल हुन सकेनन् । उनी दिल्लीको नेशनल स्कुल अफ ड्रामामा एक चियाको पसल चलाउँथे ।

शाहरुख १५ वर्षको हुँदा उनको पिताको मृत्यु भयो । जब उनी २५ वर्ष पुगे उनले आमा पनि गुमाए । उनले आमा गुमाएपछि मात्र फिल्म क्षेत्रमा आए । शाहरुखको नाम पहिले ‘अब्दुल रहमान’ राखिएको थियो, पछि उनका पिताजीले उनको नाम शाहरुख खान नै राखिदिएका थिए । 

शाहरुखले बलिउडमा काम शुरु गर्दा एकपछि अर्को गर्दै पाँच फिल्ममा साइन गरेका थिए । के शाहरुख अन्धविश्वासी छन् ? तपाईलाई शायद विश्वास लाग्दैन होला, शाहरुखको सबै गाडीको नम्बर ५५५ छ, यति मात्र नभई उनको पर्सनल मोबाइल नम्बर पनि ५५५ नै छ ।

शाहरुखलाई खेलकुदमा पनि निकै लगाव छ । आफ्नो कलेजका दिनमा उनले धेरैपटक फूटलब र हकिको राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । शाहरुख र करण जोहरको पहिलो भेट एक टेलिभिजनको शोको अडिसनको समयमा भएको थियो । जहाँ शाहरुखले उक्त सिरियलमा काम गर्न मनाही गरेका थिए । सिरियलका निर्देशकले शाहरुखलाई ‘तिमीले ३ घण्टा पर्खेर सिरियलमा काम गर्न किन इन्कार गर्यौं‍, यो कुरा त पहिले नै भन्न सक्थ्यौं ?’भनेर सोध्दा शाहरुखले ‘तपाईको यहाँ चिया साह्रै मिठो छ, त्यसकारणले पनि ढीलो गरेर काम गर्न अस्वीकार गरेको हुँ ।’ भनेर जवाफ दिएको कुरा करण स्मरण गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ