arrow

बाजुरामा १९ हजार बढीले स्वास्थ्य विमा गराए 

logo
जनक बोहरा,
प्रकाशित २०७५ पुष ७ शनिबार
Bajura-hamrakura.jpg.jpeg

बाजुरा। नौ महिना पहिले संचालन भएको स्वास्थ्य विमा गर्नको निकै उत्साह बढ्दै गएको पाइएको छ। सामाजिक सुरक्षा विकास समितिले २०७४ चैत देखि सुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा १९ हजार ६ सय ९ जनाले स्वास्थ्य बिमामा आवद्ध जनाएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले बताए। 

बीमा दर्ता अधिकारी रोकायाका अनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये सबै भन्दा बढी बडिमालिका नगरपालिकामा बीमा गर्नेको संख्या गरेको बताए। नगरपालिकामा ४ हजार बढीले स्वास्थ्य बीमा गराएको रोकायाले जानकारी दिए। 

गत चैतबाट सुरु भएको स्वास्थ्य बीमा असार मसान्तसम्म ६ हजार १ सय ८२ जना नागरिकले स्वास्थ्य बीमा गराएका हुन्, भने साउनबाट यही पुस ५ गते सम्म १३ हजार ५०८ जना नयाँ स्वाथ्य बीमा गर्ने नागरिक थपिएको दर्ता अधिकारी रोकायाको भनाई रहेको छन्।

जिल्लामा तिन हजार ५२३ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन्। “जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ,दुर्गम र विकट जिल्ला भएका कारण बीमा गराउन समस्या भएको रोकायाले भने।”

जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गर्न थालेका थिऐ।

जिल्ला अस्पताल बाजुरामा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने दैनिक रुपमा बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए।

उनले बीमा गराएका बिमितकर्ता उपचार गर्न प्रतिदिन १५ देखि २० जनाको हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको कार्यालय प्रमुख डाक्टर विश्वकर्माले बताए।  

स्वास्थ्य बीमा कार्यक्रम गरीब दःखी, विपन्न नागरिकको लागि वरदान सावित नै भएको बीमाकर्ताहरुले बताएका छन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याएको प्रति बिमितकर्ता निकै हर्षित बनेका छन्।

स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल मार्तडी र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा लिइरहेको जिल्ला  स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसी नहुँदा उक्त क्षेत्रका बिमित विरामीहरुले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा आएर सेवा लिनु परेको बताए। कार्यालय प्रमुख विश्वकर्माले कोल्टीमा स्वास्थ्य केन्द्रको आफ्नै फार्मेसी नहुँदा स्वास्थ्य विमालाई सेवा प्रभावकारी रुपमा दिन नसकेको स्वीकार गर्न भएको छ। 

निशुल्क रुपमा पाइने विमितकर्ताका लागि औषधी नहँदा मार्तडीमा आएर उपचार गराउन बाध्य भएको  डाक्टर विश्वकर्माको भनाई रहेको छ। पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ। 

जिल्लामा सुरुवात भएको स्वास्थ्य बीमामा अति गरिव र मध्यम गरिवहरुले नै सबै भन्दा विमा गरेको पाइएको छ। बीमामा आवद्ध भएका दुई हजार ७९३ परिवार मध्ये १५ हजार ९९४ नागरिकले बीमा गरेका छन्,भने आर्थिक भएका अर्थात मध्यम खालका ७३० परिवार मध्ये तिन हजार ६९६ सदस्यले विमा गराएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले बताए। 

स्वास्थ्य बीमा गरेपछि बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ सेवा लगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ। स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ