arrow

२०१८ का सबैभन्दा लोकप्रिय मोबाइल गेमहरु 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष ७ शनिबार
pubG.png

काठमाडौं । पछिल्लो समय स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या बढ्दो क्रममा रहेको छ । यस्तोमा स्मार्टफोनहरुका लागि लक्षित गरी ल्याइएका गेमको पनि लोकप्रियता बढ्दो क्रममा रहेको छ । यस्तोमा सन् २०१८ मा यी मोबाइलमा खेल्न सजिलो हुने तथा अन्य आन्तरिक कारणहरुको कारण यी गेमहरु उत्कृष्ट बन्न पुगेका छन् –
 
१. पबजी 

२०१८ को सबैभन्दा उत्कृष्ट गेमको अवार्ड पाएको यो खेल ४० करोड पटकभन्दा बढी डाउनलोड भइसकेको छ । यो गेम वर्षको सबैभन्दा बढी लोकप्रिय तथा धेरै खेलिएको खेल हो । यो खेल एक टापुमा एक सय खेलाडीहरुको बीचमाा खेलिन्छ । जसमा अन्तिमसम्म बच्नसक्ने खेलाडी विजेता हुन्छ । 

२. फोर्टनाइट 

दोस्रो सबैभन्दा लोकप्रिय खेल फोर्टनाइट हो । यो सैन्य खेल कसैलाई लुट्ने भन्दा पनि पर्खाल, सिँढी बनाउनेजस्ता सकारात्मक काममा आधारित रहेको छ । 

३. एस्फाल्ट ९ : लिजेन्डस्

एस्फाल्ट रेसिङको सबैभन्दा पुरानो खेल हो । स्मार्टफोनभन्दा पहिलाको युगमा यो खेल पुराना नोकिया, सोनी र मोटोरोलाका मोबाइलमा खेलिन्थ्यो । एस्फाल्ट ९ उक्त गेमको नयाँ भर्सन हो । 

४. फिफा मोबाइल 

नामबाट नै यणे खेल सबैभन्दा लोकप्रिय फुटबल खेल हो भन्ने थाहा पाउन सकिन्छ । यो गेम खेल्न निःशुल्क छ र यसमा खेलको वास्तविक अनुभूति गर्न सकिन्छ । त्यसैले यो गेम मोबाइलमा लोकप्रिय बनेको हो । 

५. पोकेमन गो 

सन् २०१८ मा पोकेमन गो निकै लोकप्रिय गेम हो । यो गेम नियान्टिक कम्पनीले निर्माण गरेको हो र यसलाई स्ट्रोमले खरिद गरेको थियो । यो गेमले वास्तविक र डिजिटल विश्वको बीचमा निकै राम्रो सन्तुलन कायम राखेको छ । यो गेममा वास्तविक संसारमा अवास्तविक वस्तुहरु खोजी गर्ने र समाउने गर्नपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ