arrow

विद्यालयको ३५ औं वार्षिकोत्सवमा गुरुहरु सम्मानित

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष ८ आइतबार
schoolkokaryakram.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित बाल बागेश्वरी माविले आफ्नो ३५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा  पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक राजेन्द्रप्रसाद बराल र शिक्षिका गोमा घिमिरेलाई शनिबार सम्मानित गरिएको छ । 

विद्यालयको शैक्षिक र भौतिक बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै प्रधानाध्यापक बराललाई सम्मान गरिएको हो । शैक्षिक विकासका लागि निरन्तर लागेको भन्दै विद्यालयले शिक्षिका घिमिरेलाई सम्मान गरेको हो ।

 सम्मानित हुने दुबै जनालाई कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले प्रशंसा पत्र र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

यसैगरी यो वर्षका उत्कृष्ट अभिभावक रहेका भक्तबहादुर तामाङलाई  नगद १ हजार सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । 

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्वमा सञ्चालन गरिएको वार्षिकोत्सब कार्यक्रममा नगर प्रमुख जीवनराज थापा प्रमुख अतिथी रहेका थिए । 

उक्त कार्यक्रममा श्रोत ब्यक्ति शेरसिंह बिष्ट र वडा अध्यक्ष रामदुलारे राना विशिष्ठ अतिथी रहेका थिए । 

कार्यक्रममा विद्यालयको ९३ लाख १३ हजार ३९५ रुपैयाँ ९६ पैसाको बजेट प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ