arrow

साबुनको रङ जस्तो भए पनि फिँज सधैं सेतो आउँछ किन ?

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
soap.jpg

काठमाडौं । साबुन लगभग सबै मानिसहरुले प्रयोग गर्छन् । साबुन विभिन्न रङहरुमा उपलब्ध हुन्छ । तर तपाइँले कहिल्यै सोच्नुभएको छ, सबै साबुनको फिँज किन सेतो हुन्छ ? वास्तवमा साबुनको फिँज कुनै ठोस पदार्थ होइन ।

यो सबैभन्दा सानो पानी, हावा र साबुनबाट मिलेर बनेको पातलो तह हो । जब हामी साबुनलाई पानीसँग मिलाइर घोल्छौं तब उक्त पातलो तहले गोलाकार रुप लिन्छ । यसलाई हामी साबुनपानीको फोका भन्ने गछौं । यस्तै साना साना फोकाहरु मिलेर नै फिँज बन्छ ।

साबुनपानीको फोकामा सूर्यको किरण पर्दा फारक फरक दिशामा किरणहरु फरकफरक दिशामा परावर्तित हुन्छन् । जसको कारण साबुनपानीको फिँज सप्तरङ्गी देखिन्छ ।

 यस्तोमा सबै सप्तरङ्गी साबुनपानीको फोकासँगै रहँदा भने यति धेरै परिवर्तन हुन्छ कि हामी सबै रङ्गहरु छुट्याउन सक्दैनौं । यदि कुनै वस्तुले सबै रङ्गलाई परिवर्तित गर्छ भने त्यसको रङ्ग सेतो देखिन्छ ।

कुनै पनि वस्तुको आफ्नो रङ्ग हुँदैन भने जुन रङ्गको प्रकाश परावर्तन गर्छ त्यसैअनुसारको त्यसको रङ्ग देखिन्छ । यस्तोमा कुनै वस्तुले सबै रङ्गहरु परार्वतन गर्छ भने त्यसको रङ सेतो देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ