arrow

अण्डाका यी परिकारले घटाउँछ तौल

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
weight_loss_recipe.jpeg

काठमाडौं ।  तौल कम गर्नको लागि प्रोटीन महत्त्वपूर्ण भुमिका हुन्छ। प्रोटीनले तपाईंको शरीरको मेटाबालिजमलाई सही राख्छ। साथै तपाईंको भोकलाई पनि कम गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा हो कि यसले फ्याट घटाउँछ।

जब हामी प्रोटीनको बारेमा कुरा गर्छौ, सबैभन्दा पहिले हाम्रो मस्तिष्कमा अण्डाको विचार आउछ। अण्डा एक सुपर खाना हो जसमा धेरै मात्रामा प्रोटीन पाइन्छ ।  त्यस्तै सहि तरिका अण्डा खाएर तपाई सजिलै तौल कम गर्न सक्नुहुन्छ।

अण्डामा कम क्यालोरी पाइन्छ ।  यसलाई  खाएको लामो समयसम्म पूर्ण रहन्छ। अण्डामा प्रोटीन, फलाम, फास्फोरस र धेरै भिटामिन पाइन्छ।

तौल घटाउन अण्डा खानाको अर्थ भनेको तपाईंको शरीर कमजोर नगरी तौल कम गर्नु हो जसले  तपाईंको शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । यहाँ हामी तपाईंलाई केहि अण्डा परिकारहरू बताउदै छौ जसले फ्याट कम गर्नेछ।

स्कर्याम्बल्ड अण्डा
स्कर्याम्बल्ड अण्डा बनाउन धेरै सजिलो छ । यसले तपाईको  तौल घटाउनको साथै स्वस्थ राख्छ। यसलाई तपाई फलहरू, काचो तरकारीसँग खान सक्नुहुनेछ ।

ओमेलेट
ओमेलेट बनाउन सबैभन्दा सजिलो छ । तपाईं यसलाई आफ्नो तरीका अनुसार बनाउन सक्नुहुन्छ।

अण्डा बीन्स
बीन्स प्रोटीनको राम्रो स्रोत हो। तपाईं यसलाई अण्डा संग बनाउन सक्नुहुन्छ । यसलाई सँगै बनाउनुहोस् खानुहोस् । यसलाई खाएपछि लामो समयसम्म भोक लाग्दैन ।

सलादसंग अण्डा
सलादसंग अण्डाले तपाईंको स्वास्थ्यलाई ख्याल राख्छ । यसले तपाईंलाई तौल कम गर्न मद्दत गर्दछ। यो खानमा स्वादिष्ट र क्यालोरी फ्रि पनि हुन्छ।

 अन्य विषयका लागि विशेषज्ञहरुसँग पार्मर्श गर्नुहोला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ