arrow

३ सय मिटर बाटो निर्माण

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
bajura-district.png

बाजुरा । बडिमालिका नगरपालिका–२ घागरमा ३ सय मिटर लोमो पक्की गोरेटो बाटो निर्माण गरिएको छ । भेरालमाण्डौ सामुदायिक बन उपभोक्ता समितीको ५ लाख र जनश्रमदान २ लाख गरि ७ लाखामा ३ सय मिटर लामो बक्की गोरेटो बाटो निर्माण कार्य आज सम्पन्न गरेको छ ।

घागरका ४५ जनाको लगातारको सहभागितामा १७ दिनमा ३ सय मिटर पक्की घोरेटोबाटो सम्पन्न गरेको हो । घागरबाट भौनेराको सत्यवादी मावि र घागरमै रहेको कैलाश आधारभूत विद्यालयमा जाने साना–साना विद्यार्थीहरुलाई हिड्न सहजहोस् भनि बाटो निर्माण गरिएको वनका अध्यक्ष टेकबहादुर महतले जानकारी दिए ।

आजै बडिमालिका नगरपालिका २ का अध्यक्ष डम्मर महतले बाटो उद्घाटन गरेको प्रकाश महतले जानकारी दिए  । भेरालमाण्डौ सामुदायिक बनले आम्दानीको केहि प्रतिशत विकास निर्माणमा खर्च गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ