arrow

२०१८ का आकर्षक स्मार्टफोनहरु 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष ८ आइतबार
smartphone.png

काठमाडौं । सन् २०१८ स्मार्टफोनको हिसाबमा निकै महत्वपूर्ण रहनपुग्यो । यो अवधिमा धेरै कम्पनीहरुले उत्कृष्ट फिचर्सहरुको साथमा केही महत्वपूर्ण स्मार्टफोनहरु अघि सारे । जसमध्ये केही आकर्षक स्मर्टफोनहरु पनि यस वर्ष बजारमा आएका छन् । जसमध्ये केही यस्ता छन् – 

१. सामसुङ ग्यालेक्सी एस९प्लस 
सामसुङ ग्यालेक्सी एस९ प्लस यस वर्ष सार्वजनिक भएको सबैभन्दा आकर्षक स्मार्टफोनमध्येको एक हो । पछाडि सिसाको कभर, कर्भ डिस्प्लेले यसलाई थप आकर्षक बनाएको छ । 

२. हुवावे मेट २० प्रो 
हुवावे मेट २० प्रो पनि निकै आकर्षक स्मार्टफोन हो । यो स्मार्टफोन पनि सामसुङ एस९प्लस जस्तै आकर्षक देखिन्छ । कर्भ स्क्रिन, पातलो स्मार्टफोन, आकर्षक डिजाइनको कारण २०१८ मा सार्वजनिक भएको स्मार्टफोन धेरैको नजरमा पर्न सफल भएको छ । 

३. वान प्लास ६टी
वानप्लस ६टीको थन्डर पर्पल भेरियन्ट यस वर्षको आकर्षक स्मार्टफोनमध्येको हो । यो स्मार्टफोन वानप्लस ६टी आएको केही समयपछि सार्वजनिक गरिएको हो । यो ग्रेडियन्ट कलरमा ल्याइएको कम्पनीको पहिलो स्मार्टफोन हो । 

४. आईफोन एक्सएस म्याक्स
एप्पलको आईफोन एक्सएस म्याक्स पनि यस वर्ष सार्वजनिक भएका स्मार्टफोनमध्ये आकर्षकको सूचीमा परेको छ । यो स्मार्टफोनमा प्रयोग गरिएको अगाडि र पछाडिको सिसा र रङको फरकले यसलाई थप आकर्षक बनाएको छ ।

५. आईफोन एक्सआर 
एप्पलको अर्को उत्पादन आईफोन एक्स आर पनि आकर्षक स्मार्टफोनको सूचीमा अटाएको छ । यो आईफोन प्रयोग गर्न निकै सजिलो छ । यसमा पनि पछाडिको भागमा सिसा प्रयोग गरिएको छ । धेरै रङहरु प्रयोग गरिएको छ । जसमा निलो र रातो रङ विशेष आकर्षक देखिन्छन् । 

६. गुगल पिक्सेल ३एक्सएल
गुगलले अघिल्लो वर्षको मोडलजस्तै नयाँ मोडल यस वर्ष सार्वजनिक गरेको हो । यद्यपि यो मोडल केही पातलो र केही विशेष फिचर्सहरु थप गरिएको स्मार्टफोन हो । 

७. नोकिया ८.१ 
केही समयअघि मात्र सार्वजनिक गरिएको यो स्मार्टफोन निकै आकर्षक ढङ्गले निर्माण गरिएको छ । पछाडि प्रयोग गरिएको सिसा र किनारा घटाइएसँगै यो स्मार्टफोन पनि राम्रो देखिएको छ । 

८. ओप्पो आर१७ प्रो 
यो स्मार्टफोन पनि केही समयअघि मात्र सार्वजनिक भएको हो । यसमा प्रयोग गरिएको ग्रेडियन्ट कलरले यसको शोभा बढाएको छ । यो स्मार्टफोन दुई रङमा बजारमा आएको हो । 

९. भिभो भी११ प्रो 
भिभो भी११ प्रो पनि निकै आकर्षक ढङ्गले निर्माण गरिएको स्मार्टफोन हो । यो स्मार्टफोनका लागि प्रयोग गरिएको रङ झट्ट हेर्दा मानिसको आँखा जाने किसिमको छ । 

१०. अनर ८एक्स
अनर ८एक्स स्मर्टफोन हुवावेको पी सेरिज जस्तै रहेको छ ।  यो स्मार्टफोन पनि वर्षको आकर्षक स्मार्टफोनको सूचीमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ