arrow

बन्द त्रिचन्द्र क्याम्पसमा आगो ताप्ने क्रममा सल्कियो आगो 

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
fire.jpeg

काठमाडौँ । काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए । 

बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । 

करीब एक घण्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ