arrow

सामुदायिक वनमा बन्द गरिएको घाँस खुल्ला

logo
जनक बोहरा, 
प्रकाशित २०७५ पुष ९ सोमबार
Dense-Pine-Forest-in-Mid-hills-of-Nepal_-Copyright_-Amit-Poudyal-@IUCN-Nepal.jpeg

बाजुरा । वडिमालीका नगरपालिका वडा नं ८ र ९ अन्तरगत पर्ने  थापाथली सामुदायिक वनमा बन्द गरिएको घाँस खुल्ला गरिएको छ  । 

सामुदायिक वन उपभोक्ता समितिको आइतबार बसेको बैठकले उपभोक्ताको आवश्यकतालाई मध्यनगर गर्दै बन्द विगत लामो समयदेखि बन्द गरिएको घाँस मिती २०७५ माघ १ गते सम्मका लागि खुलाइएको उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर थापाले ुभएको बताउनुभएको छ । 
 
जसमा थुनुवा गरिएका घाँस मध्ये खोले घाँस,  निगुडा, गोल्को,तुसारा जातको अन्य पतझर खुल्ला गरिएको र निगाला,झापडा, दुधेला, फलाट,फडफडे, बाँझ, खर्राज जातका डालेघाँस काट्न नपाउने बैठकले निर्णय गरेको थापाथली सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।
 
बाजुराको त्रिवेणी नगरपालिकामा पर्ने वडा नं १, २ र लाई संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिने भएका छन् । 
  
बालमैत्री स्थानीय शासन नगर निर्माणमा त्रिवेणीको अभियान कार्यक्रमको सहकार्यमा  बाल बचाउ, संरक्षण, विकास र सहभागिताको सुनिश्चितता गराँै, त्रिवेणी नगरपालिकालाई बालमैत्री नगर बनाऔँ भन्ने नगरपालिकाको अभियानमा सो वडाहरुलाई बालमैत्री घोषणा गर्न लागिएको छ ।


बाल मैत्री वडा घोषणा गर्नका लागि गएको जिल्लाबाट गएको एक टोलीले बाल मैत्री स्थानीय शासन घोषणाका लागि सबै सुचकहरु पुरा भएकाले घोषणा गर्न अनुमती दिएपछि सुदुरपश्चिमको पहिलो बालमैत्री स्थानीय घोषणा गर्न थालिएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ