arrow

यो देशमा मर्नेलाई पनि छैन सुख, कंकालसँग बस्छन् मानिस

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
kankal1.jpg

काठमाडौं । भनिन्छ संसारमा जन्मेपछि हरेक दिन मानिसहरु काम, क्रोध, माया र मोहमा व्यस्त रहन्छन् । जो मरेपछि आरामको बारे सोच्छन् । विचित्र  ब्रम्हाण्डको एक स्थान यस्तो पनि रहेको छ जहां मृत्युपछि पनि आराम मिल्दैन । त्यहाँ शरीरबाट आत्मा निक्लिएर जान्छ तर शरीरको दुर्गति गरिन्छ ।

 पापुआ न्यू गिनी एक अचम्मको परम्परा रहेको छ । सो स्थानमा  मृत शरीर आधा जलाएपछि शरीर फिर्ता ल्याइएर राखिन्छ । मृत व्यक्तिलाई श्रद्धांजली दिनको लागि  यस्तो गरिएको हो ।

यो परम्परा पापुआ न्यू गिनीको पहाडहरूमा बस्ने जनजातीको कुरा हो । दानी जनजातिले आफ्नो पुर्खाको मृत्युपछि मम्मि (चिरशव) बनाएर राख्ने गर्छन् । आश्चर्यजनक कुरा त के छ भने त्यहाँ मम्मिको रक्षा गर्न धूवाको  प्रयोग गरिन्छ । यो जनजातिको खोज एक फोटोग्राफरले गरेका हुन् जो पश्चिमी पापुआ को वामेना गाउँमा बस्छन।

पछिल्लो समय मानिसहरूले मम्मि बनाउन छोडेका छन् । तर आज पनि पुरानो व्यक्तिहरुको ममि सुरक्षित राखिएको छ। पहिलो पटक सन् १९३८ मा अमेरिकी ज्योतिषी रिचर्ड अर्बल्डले यो जनजातीलाई फेला पारेका थिए ।

यो जनजाति पापुआ न्यू गिनीको केन्द्रबाट धेरै टाढा रहेको छ।  दानी जनजातिका मानिसले मम्मिलाई सम्मानका साथ आफुसँगै राखेका छन् ।  यस स्थानले पर्यटकहरुलाई पनि धेरै आकर्षण गरेको छ । त्यसैले पछिल्लो केहि वर्षमा धेरै पर्यटक जाने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ