arrow

इटाली 'पिरियड' मा बिदा दिने पहिलो युरोपियन मुलुक

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
peroid.jpg

काठमाडौं । इटालीमा महिनावारी भएको बेला महिलाहरुलाई बिदा दिइन्छ । इटाली महिनावारीमा महिलालाई दिने पहिलो युरोपियन मुलुक हो । यो नियमको विषयमा इटालीको संसदमा विवाद पनि सिर्जना भएको थियो । नियमअनुसार महिलालाई मासिक ३ दिनको महिनावारीको छुट्टीको माग गरिएको थियो ।

यस किसिमको प्रस्ताव निकै विवादित बन्न पुगेको थियो । यस्तोमा लैङ्गिक थिचोमिचोमा पर्दै आएका माहिलाहरुले आवाज उठाई आफ्नो अधिकारको विषयमा आवाज उठाएका थिए ।

यस किसिमको बिदा सबै महिलाहरुले पनि भने पाउँदैनन् । यसका लागि डक्टरले कार्यालय आउननसक्ने किसिमको अवस्थाको प्रमाणपत्र दिएको महिलालाई मात्र महिनावारी बिदा मिल्नेछ । साथै उक्त प्रमाणपत्र वर्षेनी नवीकरण गर्नुपर्ने हुन्छ ।

यस्तोमा अन्य बिरामी बिदा भने प्रभावित हुँदैन । यसले महिनावारीको समयमा बिरामी बिदा लिनुपर्ने र बिरामी बिदा अन्यसरह नपाउने अवस्थाबाट भने महिलाहरुलाई मुक्त गरेको छ । वासिङटन पोस्टका अनुसार युरोपमा काम गर्ने औसत महिलाहरु ७२ प्रतिशत छन् । इटालीमा भने ६१ प्रतिशत छन् । महिनावारी बिदा अहिले जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसियामा पनि दिइँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ