arrow

म्यान्मारको आमनिर्वाचनमा पोखरेलले पर्यवेक्षण गर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
29952314.jpeg
काठमाडौँ । लामो सैनिक शासनपछि प्रजातन्त्रको दिशातर्फ उन्मुख म्यानमारमा सन् २००८ मा जारी भएको संविधानअनुसार यही कात्तिक २२ गते दोस्रो आमनिर्वाचन हुँदैछ । प्रजातान्त्रिक शृङ्खलामा ऐतिहासिक मानिएको यो निर्वाचनमार्फत म्यान्मा पूर्ण प्रजातन्त्रको दिशातर्फ अघि बढ्ने एउटा महत्वपूर्ण अवसर रहेको भनी संसारभरबाट चासोका साथ हेरिएको छ । यसअघि सन् २०१० मा भएको आमनिर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले नेतृत्व गरेको राजनीतिक दलले भाग लिएको थिएन । 

त्यसपछि सन् २०१२ मा भएको उपनिर्वाचनमा भने उहाँको दलले निर्वाचनमा भाग लिएर हाल संसद्मा प्रतिनिधित्व गरेको अवस्था छ । यस पटकको आमनिर्वाचनमा म्यानमाका तीन करोडभन्दा बढी मतदाताले केन्द्रका दुई सदन र १४ प्रान्तीय सभाका गरी एक हजार १७१ जनप्रतिनिधिको चयन गर्नेछन् । यो निर्वाचनको पर्यवेक्षण कार्टर सेन्टर, युरोपेली सङ्घ, एनफ्रेललगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाले गर्ने अनुमति पाएका छन् । 

यसै क्रममा कार्टर सेन्टरको पर्यवेक्षण मिसनको सहअध्यक्षता गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सो आमनिर्वाचनमा विशिष्ट पर्यवेक्षकका रुपमा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै छन् । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले अर्को विशिष्ट पर्यवेक्षकमा आयरल्यान्डका पूर्वराष्ट्रपति मेरी रविन्सनलाई मनोनय गरेको कार्टर सेन्टरका तर्फबाट पोखरेललाई पठाइएको पत्रमा उल्लेख छ । कार्टरले कार्य व्यस्तताका कारण सो टोलीमा सामेल हुन नपाउने जनाउँदै आफ्ना तर्फबाट काम गर्न नाति जासोनलाई खटाएका छन् ।

पोखरेल सन् २००८ मा बङ्गलादेशमा भएको संसदीय निर्वाचन र सन् २०११ को जनवरीमा सुडानमा भएको जनमतसङ्ग्रहमा तीन सदस्यीय उच्चस्तरीय राष्ट्रसङ्घीय अनुगमन टोलीमा सम्मिलित थिए । जनमतसङ्ग्रहको नतिजाअनुरुप नयाँ देश दक्षिण सुडान बनेको हो । राससको जिज्ञासामा पोखरेलले सैनिक शासनबाट प्रजातान्त्रिक शासन व्यवस्थामा प्रवेश गराउने म्यान्माको निर्वाचन एसियालगायत नवप्रजातन्त्रतर्फ उन्मुख रहेका संसारका लागि महत्वपूर्ण घटनाका रुपमा रहने धारणा व्यक्त गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ