arrow

चीनमा आईफोन बहिष्कार, हुवावेका फोनलाई भारी छुट 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १० मंगलबार
huawei4.jpg

काठमाडौं । सुरक्षा जोखिमको मामिलामा विभिन्न मुलुकहरुमा अनुसन्धान तथा प्रतिबन्धको सामना गरिरहेको हुवावेलाई चिनियाँ कम्पनीको साथ मिलेको छ । 

चिनियाँ कम्पनीहरुले आफ्ना कर्मचारीलाई हुवावेको डिभाइस खरिद गर्न उल्लेख्य छुट दिइरहेका छन् । साथै उनीहरुले आईफोन छाड्नका लागि आग्रह गरिरहेको एक रिपोर्टले देखाएको छ । 

निक्केई एसियन रिभ्युमा मंगलवार सार्वजनिक भएको रिपोर्टमा हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वानझोउ अमेरिकी अधिकारीको अनुरोधमा क्यानडामा पक्राउ परेसँगै चिनियाँ कम्पनीहरुले यस्तो कदम अघि सारेका हुन् । 

रिपोर्टमा केही चिनियाँ व्यापारीहरुले आफ्ना कर्मचारीसँग यदि कम्पनीको सहायताको लागि हुवावेको फोन खरिद गर्न चाहेमा छुट मिल्ने भन्दै प्रेरित गरिरहेको उल्लेख गरिएको छ । 

रिपोर्टका अनुसार २० भन्दा बढी चिनियाँ कम्पनीले सामाजिक सञ्जालमा हुवावेका उत्पादनको खरिद बढाउने घोषणा गरेका छन् । त्यसका साथै केही चिनियाँ कम्पनीहरु पनि एप्पलको उत्पादन बहिष्कार गरिरहेका छन् । 

रिपार्टका अनुसार चिनियाँ मिडियाका अनुसार साङ्हाईको एक व्यापार संघले एप्पलको उत्पादन खरिद गर्ने मानिसलाई निष्कासित गर्ने बताएको छ । चिनियाँ अदालतले केही समयअघि क्वालकमले लगाएको पेटेन्ट मुद्दामा धेरै आईफोनको आयातमा रोक लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ