arrow

पूर्वराजा मनिषाको ‘हिल्ड’ पढ्दै

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
healed.jpg

काठमाडौं । साहित्यमा पनि रुची राख्ने पूर्वराजा ज्ञानेन्द्र शाहले यतिबेला अभिनेत्री एवं लेखिका मनिषा कोइरालाको नयाँ पुस्तक ‘हिल्ड’ पढिरहेको जनाएका छन् । 

पोखरामा बिदा मनाउन गएका पूर्वराजालाई मनिषा र उनका बाबु प्रकाश कोइरालाले हिल्ड पुस्तक उपहार दिएका थिए । 

उनले रुचीपूर्वक उक्त पुस्तक पढिरहेको जनाएका हुन् । हिल्ड मनिषाको क्यान्सर जीवनी हो । उनले क्यान्सर भएपछि त्यसलाई कसरी जितिन् भनेर लेखेकी छिन् । 

इच्छाशक्ति भयो भने क्यान्सर जित्न सकिन्छ भनेर उनले चेतनासमेत दिन खोजेकी छिन् । 

पूर्वराजा शाह अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै दुई साता लामो पोखरा बसाइमा छन् । उनी गत साता पूर्वरानी कोमलसहित पोखरा पुगेका थिए । त्यसैगरी मंगलबार उनकी बुहारी हिमानी र नातिनीहरू पनि पोखरा पुगेका छन् । 

पोखराको माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका पूर्वराजाले विभिन्न दलका नेताहरुसंग पनि भेटिरहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ