arrow

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
teacher.jpeg

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै बुधबार र बिहिबार दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ ।

विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताए।

जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताए। यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ