arrow

गोरु गोठबाट स्वास्थ्य सेवा

logo
जनक बेहरा,
प्रकाशित २०७५ पुष ११ बुधबार
phota.jpg

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा रहेको साप्पाटा स्वास्थ्यको भवन निमार्ण भैसके पनि व्यबस्थापन हुन नसक्दा स्वास्थ्य चौकी गोरु गोठमा राखेर सेवा दिन बाध्य भएका छन् ।

स्वास्थ्य चौकीको कार्यालय गोठमा राखेर सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र विरामीलाई असहजता भइरहेको छ । पाँच बर्ष भित्र भवन संचालन गरिसक्नु पर्नेमा भवन निमार्ण भएको एक बर्ष बित्ती ससकेको छ । तर अहिले सम्म भवन संञ्चालनमा नआएपछि स्वास्थ्य गोरु गोठबाट सेवा दिनु पर्ने बाध्यता भएको स्वास्थ्यकर्मीले दुखेसो गरेका छन् ।

मौसम अनुसार विरामीको चाप बढीरहेको तेहाँका स्वास्थ्य चाकी अहेव सरिता चौधरीले बताइन् । स्वास्थ्य चौकि व्यवस्थीत छैन । गोठमै भए पनि सेवा दिइरहेका छौं चौधरीले गुनासो गरिन् । स्वास्थ्य चौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्न समेत गाह्रो भएको उनिहरुले गुनासो गरे ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलो खसेपछि भुईमा राखेको औषधी फोहोर हुन्छ अप्ठेरो ठाउँ हुँदाहुदै आफुले सके जति विरामीलाई सेवा दिईरहेको चौधरीले बताइन् । स्वास्थ्य चौकी भएको ठाउँमा व्यवस्थित सौचालयको अभाव, खाने पानीको अभाव रहेको कार्यालय व्यवस्थापक मान बहादुर विकले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ