arrow

अलैँचीको बजारीकरण र प्रर्वद्धन गर्न अलैँचीको गुणस्तरीयतामा जोड दिनुपर्ने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ पुष ११ बुधबार
talim.JPG

पाँचथर । पाँचथरको अलैँचीको बजारीकरण र प्रर्वद्धन गर्न अलैँचीको गुणस्तरीयतामा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,जोन कार्यान्वयन इकाई पाँचथरले बुधबार सदरमुकाम फिदिममा आयोजना गरेको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

अव अलैँची ढुवानी गर्दा कृषकलाई अनुदान दिनुपर्ने,अलैँची प्राङगारिक मल लगाएर खेती गर्नुपर्ने लगायतका सुझावहरु यस तालिममा आएको जोन कार्यान्वयन इकाई पाँचथरका प्रमुख प्रकाश विश्वकर्माले बताए।

उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लले कृषकलाई गुणस्तरीय अलैँची उत्पादन गर्न जोड दिए  । यस्तै अलैँची ब्यवसायि महासंघका केन्द्रिय सदस्य नरेन्द्र अधिकारीले गाउँमा कृषि सहकारीले अलैँची संकलन गरी स्टकमा राखेर अलैँची विक्री गर्दा कृषकले राम्रो भाउ पाउने बताए ।

जोन तथा कृषि ज्ञान केन्द्रले निरन्तर अलैँची कृषक र ब्यवसायी विचको छलफल आवश्यक रहेको नेपाल अलैँची ब्यवसायी महासंघका जिल्ला अध्यक्ष खेम अधिकारीले बताए ।

अलैँची सामूहिक रुपमा एकैपटक विक्री गर्न समस्या र चुनौती हुने उद्योग वाणिज्य संघ पाँचथरका निवर्तमान महासचिव तुलसीदास श्रेष्ठले बताए ।

अलैँचीको बेलामौकामा औषधी उपचार र प्राविधिक सहयोग परियोजना तथा कृषि ज्ञान केन्द्रले संचालन गर्नुपर्ने नेपाल कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए।

कार्यक्रममा याङतारु अलैँची जोन समितीका अध्यक्ष पदम रिजालले अलैँची छुट्टाछुट्टै विक्री गर्नुभन्दा सामूहिक रुपमा विक्री गर्दा कृषकलाई फाइदा हुने बताए । यस्तै आजको तालिमबाट विभिन्न संचारमाध्यममा दैनिक रुपमा अलैँचीको मूल्य समेत जानकारी गराउने निर्णय भएको परियोजनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ