arrow

प्रवासमा रहेका युवाहरुको सहयोगमा न्यानो लुगा बितरण

logo
जुद्ध चौधरी,
प्रकाशित २०७५ पुष ११ बुधबार
bitaran.jpg

पुनर्वास । वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा रहेका स्थानीय ४ युवाहरुको सहयोगमा  कञ्चनपुरको  पुनर्वासका ३ विद्यालयका २१० जना विद्यार्थी हरुलाई बुधबार स्विटर वितरण गरिएको छ ।

 जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ५ भानुबस्तीका हाल प्रवासमा रहेका नारायण पुजारा पोर्चुगल,जितेन्द्र थापा कोरिया,रमेश थापा कोरिया र गोबिन्द क्षेत्री कोरियामा रोजगारीका लागि प्रवासमा बस्दै आएका स्थानीय युवाहरुले पठाएको जनही १५ हजार आर्थिक साहायताबाट विद्यार्थी लाई न्यानो लुगा बितरण गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरुले पठाएको साहायताबाट भानु युवा क्लबले पुनर्वासका मदन अाश्रीत अाधारभुत विद्यालय, चन्द्रबाल आधारभुत विद्यालय र गाैरी शँकर माध्यमिक विद्यालयलाई २ सय दश थान न्यानो स्विटर वितरण गरिएको क्लबका अध्यक्ष पदम बहादुर पुजाराले बताए ।

 जाडो समयमा साना बालवालिकालाई पढाइ लेखाईमा समस्या हुने हुँदा र चिसोले बालवालिकाको स्वास्थ्यमा निकै प्रभाव पर्ने हुँदा न्यानो स्विटर वितरण गरिएको क्लबका सचिव टेक बहादुर थापाले बताए ।  बैदेशिक रोजगारीमा परदेश गएका क्लबका सहकर्मिहरुले आर्थिक सहयोग गरेपछि खेलमात्र खेल्दै र खेलाउँदै आएको क्लबले सामाजिक कार्यमा जुटेको क्लबले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ