arrow

कांग्रेसले संसद्‌मा जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
balkrishna_khad11.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

“सरकारले गरेका जनविरोधी कामको दुवै सदनमा सांसदले प्रश्न उठाउनेछन्, संसद् छलेर सरकारले ल्याएको कर्मचारी अध्यादेश अनुचित रहेको पार्टीको ठहर छ, यसले दूरगामी प्रभाव पार्ने र कर्मचारीको वृत्तिविकासमा समेत असर गर्ने भएकाले यसको पनि विरोध हुनेछ,” उनले भने।

पछिल्लो समय शान्तिसुरक्षाको अवस्था नाजुक रहेको, मूल्यवृद्धि, कर बढेकोलगायत जनसरोकारका विषयलाई संसद्मा गम्भीरताका साथ उठाउने निर्णय कांग्रेसले गरेको छ । लोकतन्त्र र राष्ट्रियताको संवद्र्धनका लागि पार्टीले संसद्म आवाज उठाउने प्रमुख सचेतक खाँणले सञ्चारकर्मीलाई जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ