arrow

चुरीफुरी डटकमको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
churifuri-dot-com.jpg

काठमाडौं। चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज चुरीफुरी डटकमू को ट्रेलर सार्वजनिक भएको छ।

गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय ट्रेलरमा हेर्न सकिन्छ।

शान्तीप्रीयको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन्। सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ। यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन।

रमाईलो वेब सिरिज चुरीफुरी डटकमू नयाँ वर्ष सन् २०१९ को जनवरीभित्र बोधीएचडीको यूटुभ च्यानल https://www.youtube.com/bodhihd बाट हेर्न सकिनेछ। बोधीएचडीले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप अहिले च्यानलबाट नेपालकै प्रथम साइअन्स फिक्शन कथा समेटिएको एसएमएस ईन टाईम तथा  नेमग्यमको कमेडी पनि प्रशारण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ