arrow

प्रेस काउन्सिलको निमन्त्रणामा जम्मु कश्मिरका पत्रकारहरु नेपाल भ्रमणमा

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
press-council.jpg.jpeg

काठमाडौं। नेपाल प्रेस काउन्सिलको निमन्त्रणामा जम्मु र कश्मिरका पत्रकारहरुको टोली बुधबार साँझ नेपाल आउदै छ। नेपाल बसाइमा जम्मु कश्मिरका पत्रकारहरुले नेपालको शान्ति प्रकृया र दन्द्धको समयमा नेपाली पत्रकारहरुले खेलेको भूमिकाको बारेमा पत्रकार महासंघ लगायतका संस्थाहरुसँग अन्तर्क्रिया गर्ने बताइएको छ। 

जम्मु कश्मिरबाट आउने टोलीमा जम्मु कश्मिरका सूचनाका डाइरेक्टर तारिक अहमत जार्गर, जेके सत्यम डेलीका सम्पादक मनु श्रीवास्तव, प्रेस क्लव जम्मुका अध्यक्ष अस्विनी कुमार, पत्रकार इद्रिसस मेहरा, मेल डेलीका पत्रकार नसिर अहमद जमाइ रहेका छन्।

नेपाल भ्रमणमा रहेको पत्रकारको टोलीले बिहिवार प्रेस काउन्सिल भ्रमण तथा पत्रकार महासंघमा हुने अन्तर्क्रियामा भाग लिएर पोखरा जानेछन्। पत्रकार महासंघ कास्कीले आयोजना गरेको छलफलमा शुक्रबार सहभागि भएर शुक्रबार नै चितवन पुग्नेछन्। चितवन, धुलिखेल तथा काठमाडौमा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागि भएर सोमबार भारत फर्किने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ