arrow

सांसद भैरब बहादुर सिंह आलोचित

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष ११ बुधबार
gorakhnath_temple.jpg

बझाङ । पटक पटक बिभिन्न बिबादहरुमा पर्दै आएका बझाङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित सांसद  भैरब बहादुर सिंह फेरि अर्को बिबादमा परेका छन् । सांसद सिंह कै गाँउमा रहेको साविकको सैनपसेला गाविस वडा नं ७ र हालको दुर्गाथली गाँउपालिका वडा नं ७ दौलागाँउको तल्देनमा रहेको गोरखनाथ मन्दिर नेपाल सरकारले छनौट गरेका देशका १ सय वटा उत्कृष्ट गन्तव्यको सुचीमा सुचिकृत गराएको भन्दै सामाजिक सञ्जाल तथा बिभिन्न सञ्चार माध्याममा आएपछि उनि फेरि बिबादमा परेका हुन् ।
 
 संसदको पहलो बैठकमा सुतेको फेटो सार्वजनिक भएपछि लामो समयसम्म सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका सिंहले पछिल्लो समयमा बझाङको बगुंलमा सञ्चालन भईरहेको ७२ मेगावाट जलविद्युत आयोजनामा समेत आफ्ना कार्यकर्तालाई जागिर नदिएको भन्दै सार्वजनिक रुपमा विद्युत निर्माणमा अबरोध सिर्जना गर्ने गरि अभिब्यक्ति दिएको भन्दै सिंहको ब्यापक आलोचना भएको थियो ।

गएको महिनामा मात्र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको चार करोड रुपयाँ समेत चुनाबमा ऋण लिएका कार्यकर्ता  तथा नजिकका कार्यकर्ताहरु लाई कमिसन लिएर योजना बाढेको तथा अति आवश्यक भएको ठाँउमा रकम बिनियोजन नगरेको भन्दै जिल्लामा ब्यापक आलोचना भएको थियो । ति घटनाहरु बिर्सन नपाँउदै फेरि आफ्नै गाँउमा रहेको सामान्य मन्दीरलाई  देशका १ सय वटा उत्कृष्ट गन्तव्यको सुचीमा सुचिकृत गराएको भन्दै उनको चर्को आलोचना समेत भईरहेको छ ।

अन्र्तराष्ट्रिय पर्यटकहरुको आर्कषणको केन्द्र बन्ने सम्भावना भएका कैयौ सम्पदाहरु जिल्लामा हुदाँ हुदै पनि नाम समेत नसुनेको मन्दीरलाई गन्तव्यको रुपमा छनौट गर्नु दुखद भएको पर्यटन अभियन्ताहरुको भनाई छ ।  ‘साइपाल हिमाल, सुर्मा सरोवर, कैलास गुफा, उरै,खप्तड ,बड्डी ज्यावन जस्ता धेरै आर्कषक गन्तव्यहरु पुर्वाधार विकास र प्रचार अभावमा त्यसै सडेका छन’ पर्यटन अभियन्ता तथा पत्रकार  रमेश केसीले भने ‘हाम्रा नेताहरु आफ्ना निजी मन्दिरलाई गन्तव्य बनाउनका लागिपरेका छन । अनि कसरी हुन्छ पर्यटन विकास ?’ उनले माथीका एक वटा गन्तव्यको मात्र आधारभुत पुर्वाधार विकास र प्रचारप्रसार गर्न सकेमा बझाङमा बर्षेनी पचास हजार भन्दा बढी पर्यटकहरु भित्र्याउन सकिने सम्भावना रहेको कुरा आफुहरुको अध्ययनले देखाएको बताए  । देश भरका उत्कृष्ट सय गन्तव्यमा छनौट भएको भनिएको ‘गोरखनाथ’ मन्दिरमा यहाँका करिब ४० परिवार सिंह जातिले मात्र पुजा गर्ने गरेको छन । यो मन्दिरमा पुजा गर्ने मध्येका एक प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह पनि हुन । गोरखनाथ भनिएको मन्दिर उहाँको घरबाट करिब २० मिटरको दुरीमा छ  ।
   
यो मन्दिर उत्कृष्ट सय गन्तव्यमा छनौट भएको कुरा पनि यहाँका अधिकांस बासिन्दालाई अत्तोपत्तो छैन् । स्थानीय शोभान दौल्याल भन्छन ‘यो सिंहजातिको निजी मन्दिर हो । यो गाउँका सबैलाई यो मन्दिर छ भन्ने  पनि थाहा छैन । राज्यले कसरी उत्कृष्ट गन्तव्यमा पार्‍यो’ । आफुहरु छक्क अच्चम परेको बताउदै दुर्गाथली गाँउपालिकाका वडा नं ७ का वडा सदस्य समेत रहेका लोकपाल दौल्यालले भैरब सिंह सांसद भए पछि पदिय शक्तीको आडमा आफ्नो मन्दीरलाई सय गन्तव्यमा सुचीकृत गरेको बताए ।

उनले सांसद सिंहले आफ्ना कार्यकर्ताहरुलाई रिझाउन र त्यहाँ आउने रकमबाट कमिसन खानका लागि निजी मन्दिरलाई पर्यटकिय गन्तव्यमा राख्न लगाएको आरोप समेत लगाएका छन् ।  उनले गाउँकै मान्छेले पनि नचिनेको मन्दीरलाई उत्कृष्ट गन्तव्यमा छनौट गरेर ठुलो कमजोरी गरेको बताउदै  ‘यो सरासर कार्यकर्ता पाल्ने र कमिसन खाने दाउ हो । यही गाउँका सबैले नचिनेको ठाँउ कसरी राष्ट्रिय गन्तव्य हुन सक्छ?’ उाले त्यहाँ नजिकै रहेका जिल्लाकै चर्चित धार्मिक क्षेत्र दुर्गाथली, सुर्मा सरोवर आदी हुदाँ हुदै आफ्नो पुजा गर्ने कुनै पर्यटकिय महत्व नभएको क्षेत्रलाई गन्तव्यमा पारेर सांसद सिंहले पदको दुरुपयोग गरेको बताए ।

साउन महिनाको मध्ये तिर नेपाल पर्यटन बोर्ड मार्फत  सय गन्तव्य छनौटका लागि आवेदन गर्न भनेर सार्वजनिक सुचना आव्हान गरिएको थियो  । यही सुचनालाई आधार मानेर देश भरीबाट विभिन्न गन्तव्यका ६ सय आवदेन बोर्डमा दर्ता भएको छनौट समितिका संयोजक समेत रहेकी पर्यटन मन्त्रालयकी सहसचिव निता पोखरेलले जानकारी दिए । उनले भने ‘छनौटको आधार भनेको माननिय सँगको परामर्श पनि हो ।  सायद गोरखनाथ मन्दिर वहाँहरु सँगको सल्लाह मै छनौट भएको हो’। यसै आधारमा छनौट भएका सय गन्तव्यमा यो बर्ष एक गन्तव्य बराबर ५० लाख रुपैया पुर्वाधार विकास र प्रचार प्रसारका लागि खर्च गर्ने गरि कार्यक्रम तय गरिएको पर्यटन मन्त्रालयका जनाएको छ  ।
 
प्रदेश सरकार र स्थानीय तहले पनि यिनै सय गन्तव्यलाई मुख्य प्राथमिकतामा राखेर सुविधा र पुर्वाधार सम्पन्न गन्तव्यको रुपमा विकास गर्ने गरी साझेदारीमा काम गरि यो अवधारणा सुरु गरिएको हो । यता पदिय शक्तीको दुरुपयोग गरेर आफ्नो निजि मन्दीरलाई सय गन्तव्यमा सुचिकृत गराएको आरोप खेपिरहेका सांसद भैरब बहादुर सिंहले पनि गोरखनाथ मन्दिरलाई सय गन्तव्यमा छनौट गर्दा आफु सँग सल्लाह नभएको बताए । ‘अर्कै प्रसंगमा मन्त्रालयमा कुरा हुदाँ गोरखनाथ मन्दिर पनि पर्यटकिय स्थल हुने सम्भावना भएको मन्दीर हो केही गर्न सकिन्छ भने हेरिदिनुहोला भनेको हुँ ’ उनले भने ‘सय गन्तव्यमा राखिदिए छन । यो मैले राख्न लगाएको हैन’ आफुले सय गन्तव्यको लागि बझाङको प्रशिद्ध दुर्गाथली देखी बाँठपाली च्याकोट सम्मको धार्मीक क्षेत्र हुनु पर्छ  भनेर  सिफारिस गरेको उनको भनाई छ ।
 
कस्तो छ गोरखनाथ मन्दीर
४-५ वटा परालको कुन्यूले वरीपरीबाट घेरिएका ३ वटा पैयुँका रुखको  फेदमा करिब ३ फिट अग्लो ढुङ्गाको गारोले बनाइएको गजुर आकारको संरचना छ  । त्याहाँ पुग्ने जो कोही पन यो मनदीर हो भनेर सहजै अनमान गर्न सक्ने अबस्था छैन् । हेर्दा सानो (पित्तर पुज्ने खोपा) मृत्यू पछि पूर्खाहरु लाई लाई पुज्ने सानो मन्दीर  जस्तो  देखिन्छ  । ढोका राख्ने ठाँउ छ तर ढोका छैन ढोका राख्ने ठाँउमा आधा जति ढाक्ने गरेर एउटा ठुलो ढुङ्गाले छोपेर ढोकाको काम गरेको छ  । रुखका हाँगामा बाधिएका  १०-१२ वटा ध्वजाहरुले यो कुनै मन्दिर होला भन्ने अनुमान माात्र लगाउन सिबाय अरु कुनै कुारले आकलन गर्न सकिदैन् ।   भित्र  हेर्दा कुनै मुर्ति देखिदैन, बझाङका अन्य मन्दिरहरुमा बाहिर प्रसस्तै घण्टाहरु झुण्डाइएको हुन्छन, यहाँ एउटा पनि घण्टा समेत देखिदैन । न त हालसालै कसैले पुजाआजा गरेको कुनै प्रमाण नै त्यहाँ भेटिन्छ त्यो मन्दीरमा  ।
 
अर्को धुर्ब सत्य कुरा त के छ भने देश कै चर्चित सय गन्तव्य भित्र पर्ने यो मन्दिर कहाँ पर्छ भन्ने बारे यही गाउँमा बस्ने अधिकांस स्थानीयहरुलाई समेत थाहा छैन् । जिल्लाबासीको कुरा त परै जावोस ।  गोरखनाथ मन्दिर कहाँ पर्छ भन्ने हाम्रो जिज्ञासामा ४२ वर्षीय धनसरी दौल्यालले भने ‘यहाँ घर घरकै मन्दिर छन । कुन मन्दिरलाई गोरखनाथ भन्छन । मलाइ त थाहा भएन’ उनले थाहा नपाएको तर सय गन्तव्यमा छनौट भएको त्यो मन्दिर उनको घरबाट करिब ७ मिनेटको पैदल दुरीमा रहेको छ । यस्तै सोही गाँउकी हाँसु देवी दौल्यालले उल्टै प्रश्न गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ