arrow

फेवा किनारको संरक्षित रुख काट्ने लिट्रेचर फेस्टिभलका आयोजकमाथि कारबाही 

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
IME_litreture1.png

काठमाडौं । नेपाल लिट्रेचर फेस्टिवलको कार्यक्रममा फेवा तालको तस्वीर राम्रो नआउने देखेपछि आयोजकले गैरकानूनी रुपमा सरकारद्वारा संरक्षित रुखहरु काटेको भेटिएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको र फेवा तालको सुन्दरताको लागि संरक्षण गरेर राखिएका रुखहरु आयोजकले गैरकानूनी रुपमा काटेकोे पोखरा महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले फेवा तालको संरक्षणको लागि राखिएका आधा दर्जन बढी रुखहरु आयोजकद्वारा गैरकानूनी रुपमा सरोकारवाला निकायलाई जानकारी समेत नदिई काटेको बताए । उनले हाम्राकुरासँग भने ती रुखहरुको छुट्टै महत्व हुन्छन् । त्यसैले हामीले संरक्षण गरेर राखेका थियौं । तर, आयोजकले ती रुखका आधा भन्दा बढी हाँगाहरु काटेको भेटेपछि हामीले कारबाही समेत गरिसकेका छौं।

अधिकारीले लिट्रेचर फेस्टिबल वर्षको एक पटक चल्ने भन्दै ती रुखहरुले वर्षभरी नै पर्यटकहरुलाई फेवाप्रति आकर्षण दिलाईरहेको प्रतिक्रिया दिए । अधिकारीका अनुसार आयोजकले क्षतिपूर्तिको रकम तिरेर माफी समेत मागेका छन् । फेवा ताल किनारको सो रुख काट्ने आयोजक संस्थालाई १० हजार रुपैयाँ जरिवाना तिराईएको पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहरीले जानकारी दिएका छन् । 

उनका अनुसार पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको ताल किनाराको रुख बुक ओम फाउण्डेसन नाम संस्थाले काटेको थियो । त्यो रुखका कारण लिट्रेचर फेस्टिभलमा फेवा तालको तस्वीर राम्रोसँग नदेखिने भएपछि सम्बन्धित निकायलाई खबर नै नगरी रुख काटिएको थियो । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ