arrow

कामपाको धुलो नियन्त्रण : 'तलबाट सरर... माथिबाट धुलो फरर... !' (भिडियो)

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
brummer.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको धुलो नियन्त्रणको लागि भनेर दैनिक शहरका विभिन्न स्थानहरुमा ब्रुमरहरु चलाउने गरेको छ । ब्रुमरले तलबाट धुलो उठाउँदै जाने र शहर धुलोमुक्त बनाउने महानगरको अभियान साँच्चिकै एकताका प्रसंशनीय बनेको थियो । तर, प्रशंसासँगै ब्रुमरले तलबाट उठाएको धुलो माथिबाट त्यस्तैगरी बाहिर जान थालेपछि भने महानगरपालिकाको यो कामप्रति आलोचना सुरु हुन थालेको छ । 

मेलम्ची खानेपानी वितरणका लागि पाइप विछ्याउने क्रममा खनेर धुलाम्मे भएका काठमाडौंका सडक सफा गर्न प्रयोग गरिँदै आएको सानो ब्रुमरको माथिल्लो भाग टुटेको छ । महानगरपालिकाले अर्थमन्त्रालयबाट १८ करोड खर्चेर ५ वटा ब्रुमरको खरिद अनुमति पाएको थियो । त्यसैमध्यको एक ब्रुमरको सफाइ कार्यले अहिले काठमाडौं महानगरलाई गिज्याएको मात्रै छैन काठमाडौंबसीमा आक्रोश समेत थपिएको छ । 

काठमाडौं महानगरपालिकाका अनुसार राति ७ बजेदेखि १२ बजेसम्म नै महानगरका सफाइ सेवाका कर्मचारीहरुले ब्रुमरमार्फत् सडकको धुलो उठाउने काममा खटिन्छन् । तर, उनीहरुले ब्रुमरको माथिबाट सबै धुलोहरु उँडिरहेको पनि देख्ने गरेका छैनन् । 

भिडियोमा हेर्नुहोस् ब्रुमरको विजोक :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ