arrow

विपक्षी तर्साउने काम गर्छन् यो देशका सुन्दरीहरु

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
women-army.jpg

काठमाडौं । विश्वको एकमात्र यहुदी देश इजरायल विभिन्न कारणले विश्वभर चर्चित छ । चारैतर्फ विपक्षी मुलुकहरुले घेरिएको यो मुलुकको प्राकृति संसधानका लागि आफ्नै फरक किसिमको पहिचान रहेको छ । यो देश चर्चित हुनुको कारण इजरायल र प्यालेस्टाइनबीचको पुरानो द्वन्द्व पनि हो ।

इजरायलको जनसंख्या न्युयोर्क शहरको आधा जनसंख्या बराबरको रहेको छ । यसको कुल क्षेत्रफल पनि थोरै छ । हिब्रु भाषा बोलिने यो मुलुकको ठुलो विशेषता यो विश्वको एकमात्र यस्तो मुलुक हो, जहाँ महिलाले अनिवार्यरुपमा सेनामा काम गर्नुपर्ने हुन्छ ।

निकै सुन्दर महिलाहरु यति मजबुद छन् कि सन् २००० मा इजरायलले नियम परिवर्तन गरी महिला र पुरुषको एकाइलाई आपसमा मिलाउने निर्णय गरेको थियो । यहाँको कुल सैनिकमा एक तिहाइ र अधिकृत स्तरमा करीब आधा महिलाको सहभागिता छ । महिला सैनिकलाई पनि पुरुषबराबरको कडा प्रशिक्षण दिइने गरिएको छ ।

इजरायलमा अनिवार्य सेवामा विवाहित महिला,इजरायली–अरब महिलालगायतका केहीलाई भने छुट दिइएको छ । महिला सैनिकलाई इजरायलमा अगाडि राखिँदैनथ्यो तर सन् १९६७ मा अरब–इजरायल युद्धमाएक महिला अफिसरले नियम तोड्दै जोर्डनको मोर्चामा गएकी थिइन् । अहिले पनि इजरायलमा उनको चर्चा गरिने गरिएको छ । सन् २००६ मा लेबनान युद्धको क्रममा इजरायली महिलाहरुले पहिलोपटक सैन्य लडाइँमा भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ