arrow

आमाले मागेको उपहार दिन सलमानले मागे एक वर्षको समय

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
salman2.jpg

काठमाडौं ।  सलमान खान बिहिबार आफ्नो ५३ औँ जन्मदिन मनाएका छन् । यो विशेष अवसर सम्झनलायक बनाउन सलमानले आफ्नो पनवेल फार्म हाउसलाई रोजे । जहाँ सलमानले आफ्नो परिवार र मित्रहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । सलमानको जन्मदिन मनाएका केही विशेष तस्वीरहरू र भिडियोहरू सार्वनजिक भएका छन् । सो भिडियोमा सलमान भान्जा अर्पिता खान शर्माको छोरासँग केक काटदै गरेको देखिएका छन् । उनको कथित प्रेमिका यूलिया वंतूर सलमान लागि जन्मदिन गीत गाएकी छन् । सो अवसरमा उनलाई  सबैले उपहार दिएका छन भने उनको आमाले जन्मदिनमा उपहार मागेकी छन् ।

एक एजेन्सीका अनुसार सलमान खानलाई उनको आमाले ६ प्याक एब्स बनाउन माग  गरेकी छन् । सलमानले भने ' ४ दिन पहिले मेरी आमाले मलाई अब ४ प्याक एब्सले काम चलदैन अब तिमिले अझै मेहनत गर्नुपर्छ भन्नुयो। वहाँले मलाई  सोधेनुभयो अर्को वर्ष तिम्रो योजना के हो ? तब मैले भने तपाईंको इच्छा पूरा गर्नु । म अर्को वर्ष ६ प्याक एब्स बनाउनेछु र म जिवनलाई अझ राम्रो बनाउन प्रयास गर्नेछु।'

सलमानले थपे, ' म बिहान बेलुका दुवै समय जिम जानेछु । दिनमा करिब १ घण्टा दौडिनेछु र खान पिनमा ख्याल राख्नेछु। मेरी आमाले इशारामै ६ प्याक एब्स माग्नुभएको छ म यो वर्ष वहाँलाई दिनेछु।'

सलमानको जन्मदिनलाई विशेष बनाउन बलिउड कलाकार कैट्रीना कैफ, रितेश सिधवानी, मौनी राय, आर्पिता खान शर्मा, सुष्मिता सेन, बडीगार्ड शेरा, भाई सोहेल-अरबाज र दिया मिर्जा पुगेका थिए । आफ्नो जन्मदिनमा सलमानलाई मनपर्ने रंग कालो रंगकोटी शर्टमा देखिए । केकमा सलमान खानको तस्वीर संलग्न थियो जुन एकदम विशेष देखिन्थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ