arrow

निःसन्तानलाई सन्तान दिलाउन चिकित्सकलाई वैधानिकता 

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
fertility-society.jpg

काठमाडौं । निःसन्तानहरुलाई सन्तान दिलाउन आइभीएफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन) बच्चा जन्माउने चिकित्सकहरुको छाता संगठन फेसोनले वैधानिकता पाएको छ । 

यसअघि सरकारले औपचारिक रुपमा अनुमति नदिए पनि निःसन्तानहरुले आइभीएफ प्रविधिबाट सन्तान प्राप्त गर्ने कामलाई रोक लगाएको थिएन । 

नेपालमा बढ्दो निःसन्तानको समस्यालाई समाधान गर्न त्यस क्षेत्रका चिकित्सकहरु कानुनी प्रक्रिया पुरा गर्दै एक भएर आएका छन् । फेसोनसंग आवद्ध प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुले औपचारिक रुपमा संस्था दर्ता गराएका छन् । 

लामो संघर्षपछि उनीहरुको संस्थाले वैधानिकता पाएको हो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा भोलाप्रसाद रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपाल नामक संस्था दर्ता भएको छ । 

संस्थाको वरिष्ठ उपाध्यक्षमा डा उमा पोखरेल, उपाध्यक्षमा डा ज्ञानेन्द्रमान सिंह कार्की, डा सानु मैया श्रेष्ठ, डा सबिना श्रेष्ठ, महासचिव डा स्वस्ती शर्मा, सह सचिव डा रश्मी श्रीश, कोषाध्यक्ष मिरा थापा, सदस्य डा उषा खाँड, डा प्रेरणा दाहाल र डा चेतना श्रेष्ठ रहेका छन् । 

संस्था दर्तासंगै निःसन्तान भएकाहरुलाई सन्तान दिलाउन उनीहरुलाई थप कानुनी बाटो खुलेको हो ।

राज्यको सहयोग आवश्यक
अध्यक्ष डा भोला रिजालले दुर्गमका निसन्तान आमाहरुले पनि सहज रुपमा आइभी एफ सेवा लिन सक्ने बताए । ‘हामी प्रविधिमा अझै पछाडि छौं’, उनले भने, ‘राज्यले सहयोग गरे अबको केही वर्षमा हामीले सबै किसिमको निःसन्तान समबन्धी समस्या समाधान गर्न सक्छौ ।’

चिकित्सकहरुका अनुसार निःसन्तान हुनुजस्तो ठुलो रोग केही छैन । जीवन अत्यन्तै पीडादायी हुन्छ । ‘त्यसैले यसको समाधानको लागि हामी पनि एक भएर आएका छौं । अब राज्यले पनि सोच्नुपर्छ ।’, डाक्टर रिजालले भने, ‘सरकारले विपन्न नागरिकदेखि ८ प्रकारका रोग लागेका बिरामीलाई सहयोग गरेजस्तै निःसन्तान भएकाहरुलाई पनि सहयोग गर्नुपर्छ ।’
 
नेपालमा आइभीएफ प्रविधि ल्याएकै कारण ७० प्रतिशत भन्दा बढी अभिभावकले भारत गएर बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य भएको डा रिजाल बताउँछन् । 

आइभीएफ विज्ञका अनुसार सन्तान जन्माउन नसक्ने महिला मात्र हैन पुरुषको लागि पनि आइभीएफ अन्तिम विकल्प हो ।  २३ देखि ४० वर्षको उमेरभित्र आइभीएफ प्रविधिले राम्रो रिजल्ट दिने उनीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ