arrow

५जी मा चीन र अमेरिकालाई चुनौती दिँदै फिनल्याण्ड 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १३ शुक्रबार
finland.jpg

काठमाडौं । पछिल्लो समय अमेरिका र चीन ५जी सेवा कसले पहिला ल्याउने भन्नेबारे प्रतिस्पर्धाको क्रममा रहेका छन् । यस्तोमा फिनल्याण्ड अब उनीहरुलाई चुनौती दिने मुलुकको रुपमा उदाउँदैछ। 

फिनल्याण्डको दूरसञ्चार कम्पनी नोकियाको सेयर सन् २०१८ मा झण्डै ३० प्रतिशतले बढ्यो । जसको प्रमुख कारण दुई अक्षर थियो – ५जी । यद्यपि अझै पनि नोकियाको सेयर कुनै समयमा विश्वको सबैभन्दा ठुलो मोबाइल बिक्रेता हुँदाको तुलनामा भने निकै कमजोर छ ।  
पछिल्लो समय नोकिया सेयरमा सुधारको लय समातिरहेको छ । जसको लागि ५जी उपकरण र सफ्टवेयरले सेयरमा सुधारको लागि सहयोग गेरेको हो । नोकियाको यस किसिमको प्रयासले विश्वभरमा नै फिनल्याण्ड पाँचौं पुस्ताको इन्टरनेट सेवामा अन्य मुलुकहरुलाई चुनौती दिनसक्ने अवस्थामा देखिएको छ । 

जीएसएमए इन्टेलिजेन्सका प्रमुख अनुसन्धाता टिम ह्याटले नोकियाले अहिले ५जी उपकरणमा प्रविधिक नेतृत्व लिनको लागि प्रयास गरिरहेको बताए । 

सबैलाई जोड्ने इन्टरनेट सेवा 

५जी इन्टरनेटले धेरै छिटो सञ्चार हुने र समय सञ्चारको लागि लाग्ने समय पनि निकै कम हुने विश्वास लिइएको छ । साथै यसबाट डाउनलोडको गति पनि निकै छिटो हुनेछ । कम्पनीको मुख्यालय एस्पोमा रहेको छ । जहाँबाट कम्पनीले ५जी सेवाका धेरै आवेदनहरु पनि पेश गरिसकेको छ । जसको लागि कम्पनीले स्वास्थ्य सेवाको पनि केही विशिष्ट किसिमको योजना अघि सारेको छ । 

कम्पनीको निकै कम समयमा छिटो गतिको इन्टरनेट सेवाको उद्देश्यसहित ल्याइएको ५जीले स्वचालित सवारीहरुलाई तत्कालै सम्पर्कमा जोड्न तथा घरभित्र आवश्यक पर्ने ‘स्मार्ट डिभाइस’लाई पनि कनेक्ट गर्नका लागि सहज हुनेछ । 

नोकियाका उपाध्यक्ष लौरी ओक्सानेनले केही समयअघि ५जीले अबको केही वर्षमा मानिसको जीवनशैली निकै परिवर्तन गर्ने बताएका  थिए । 

५जीको परीक्षण

गत जनवरीमा फिनल्याण्ड फिनल्याण्ड ५जी प्रयोग गर्नसक्ने पहिलो मुलुक बनेको थियो । स्वीडिस टेलिकम टेलिया व्यावसायिक ५जी सेवाको अनुमति पाउने तीन कम्पनीमध्येको एक हो । गत अक्टोबरमा फिनल्याण्डको सरकारले उक्त कम्पनीहरुलाई ५जी सेवाको अनुमति प्रदान गरेको थियो । 

टेलियाका फिनल्याण्डको ५जी कार्यक्रमका निर्देशक जन्ने कोइस्टेइनले ५जीको प्लेटफर्म डाटाहरु प्रयोग गर्ने, विश्लेषण गर्ने र प्रभावकारीरुपमा यसअघिको अवस्थासँग तुलना गर्ने माध्यम रहेको बताए । 

टेलियाले फिनल्याण्डको हेल्सिन्कीमा ५जी सेवाको परीक्षणका लागि देशको सबैभन्दा ठुलो डाटा सेन्टर खोलेको थियो । डाटा सेन्टर मोबाइल प्रयोगकर्ताहरुको नजिकै स्थापना गरिनुले प्रयोगकर्ताले ५जी सेवाको फाइदा थप धेरै लिन पाउने विश्लेषकहरुले बताउँदै आएका छन् । 

फिनल्याण्डमा केही सीमित परिधिमा रहेर टेलियाले यसअधि नै ५जी परीक्षण सुरु गरिसकेको छ । कोइस्टेइनले फिनल्याण्डको सरकारको सहयोगमा विस्तार भइरहेको वायरलेस प्रविधिले ५जीको आविष्कारको लागि निकै महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । 
चीन र अमेरिकाले व्यापक मात्रामा ५जी सेवाको विस्तार गरिरहेको अवस्थामा फिनल्याण्डको प्रयासको सार्थकताको विषयमा सोधिएको प्रश्नमा उनले आफूहरु ५जी आविष्कारको नयाँ मार्गको खोजिरहेको र त्यसमा सफल हुने विश्वास व्यक्त गरे । 

सुरक्षाको प्रश्न 

५जी सेवाको आविष्कारको क्रममा अहिले विश्वभर उठेको महत्वपूर्ण प्रश्न हो – राष्ट्रिय सुरक्षा । उदाहरणका लागि हुवावेई कम्पनीले विस्तार गरिरहेको ५जी नेटवर्कमा राष्ट्रिय सुरक्षाको खतरा रहेको भन्दै अष्ट्रेलिया तथा न्युजिल्याण्डले प्रतिबन्ध लगाए । अमेरिकामा पनि हुवावेईलाई उपकरणहरु बिक्रीमा सन् २०१२ देखि प्रतिबन्ध लाग्दै आएको छ । अमेरिकाले पनि सोही कारण हुवावेईका उपकरणहरुमा प्रतिबन्ध लगाउने गरेको थियो । हुवावेईले भने यी आरोप अस्वीकार गर्दै आएको छ । 

केही विश्लेषकहरुले भने हुवावेईमा देखिएको यस किसिमको आशंका फिनल्याण्डको कम्पनीलाई केही सकारात्मक संकेत रहेको बताएका छन् । 

हुवावेईलाई विश्वका केही मुलुकहरुमा प्रतिबन्ध लाग्नुले उनीहरुको ध्यान नोकियामा पर्नसक्ने उनीहरुको भनाइ छ । नोकियाका ओक्सानेनले आफूलाई विभिन्न मुलुकहरुले किन हुवावेईको उपकरणहरुमा आशंका जनाए भन्ने कुरामा जानकार रहेको बताए । साथै कम्पनीले आफ्ना उपकरणहरु सुरक्षित राख्नका लागि प्रत्येक कदममा ध्यान दिएको बताए । उनले भने, “हामी अहिले मानिसलाई मात्र नभई समग्र विश्वालाई जोड्ने योजनामा छौं र हामी चाहँदैनौ कि यो संरचना सुरक्षाको कारण असफल होस् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ