arrow

सामसुङ र हुवावेईका स्मार्टफोनमा आउँदै एन्ड्रोइड पाइ अपडेट 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १३ शुक्रबार
androoid_verson.png

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनहरुको नाम लिने हो भने सबैभन्दा अगाडि आउँछन्– सामसुङ र हुवावेई । यी दुई कम्पनीहरु विश्वको सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने मुलुकहरु हुन् । 

यी दुई कम्पनीहरुले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड पाईको अपडेट दिने भएका छन् । यी कम्पनीहरुले सन् २०१९ बाट एन्ड्रोइड पाई अपडेट दिने बताएका छन् । यसको सुरुवात जनवरीदेखि हुने बताइएको छ । 

सामसुङले जनवरीमा ग्यालेक्सी एस९, एस९ प्लसमा एन्ड्रोइड पाई अपडेट गर्नेछ । यसपछि पहिलो छ महिनामा ग्यालेक्सी एस८, एस८प्लस, नोट ८ र नोट ९ मा यो भर्सन अपडेट गरिनेछ । 

सामसुङका अनुसार ग्यालेक्सी ए७, ए८ र ए९ मा यो भर्सन अपडेट गरिनेछ । त्यसका साथै कम्पनीले आफ्नो जे सेरिजमा पनि यो भर्सन अपडेट गर्नेछ, जसमा जे३, जे४, जे६ र जे७ रहेका छन् । 

हुवावेईले पनि आफ्ना केही मोडलहरुमा एन्ड्रोइड पाईको अपडेट दिने फैसला गरेको छ । हुवावेईको अपडेट मिल्ने स्मार्टफोनहरुमा हुवावेई मेट १०, मेट १० प्रो, पी२० र पी२० प्रो पनि रहेका छन् । 

त्यसका साथै अनर प्ले, अनर १० र अनर भ्यु १० मा पनि एन्ड्रोइड पाइको अपडेट दिइनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ