arrow

पुरानै भाडादरमा यात्रु बोक्न बाजुराका जिप ब्यवसायी सहमत

logo
जनक बोहरा,
प्रकाशित २०७५ पुष १४ शनिबार
bajura-jeep-service.jpg

बाजुरा। जिल्लाको उत्तरी भेग र अन्य क्षेत्रमा छोटो दुरीमा संचालन हुदै आएका दुई वटा जीप यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालय वीच सहमती हुन नसक्दा जीप सेवा नै बन्द गरिएका छन्।

जीपको पछाडीपट्टी रहेको सिट हटाएपछि महंगो भाडा लिएको चौतर्फी गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकमा जीपको पछाडी सिट राख्न पाउनु पर्ने व्यवसायीको अडान र कानुनी रुपमा सिट राख्न नपाइने र सिट नराख्न मिल्ने जिल्ला प्रशासनको अडानले शुक्रबार विहान देखि जीप सेवा बन्द गरिएको  थियो।

एकाएक जिल्ला प्रशासन कार्यालय बाजुराले जीप व्यवसायीलाई यात्रुलाई आवतजावत गर्न समस्या भएका कारण चार दिन सम्मका लागि जीप सेवा सुचारुका लागि आग्रह गरेपछि शुक्रबार नै बेलुकी चार बजेदेखि जीप सेवा संचालन गरिएको जय मालिका यातायातका अध्यक्ष मीन भण्डारीले बताउनु भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले जीपको पछाडीको सिट हटाएर भाडादरमा दोव्वर रुपमा लिने गरेकाले यो कार्य रोक्नलाई पनि पछाडीको सिट राख्न दिनुपर्ने सम्मेलनमा बताए।

जिल्लामा संचालित दुई यातायात सेवाले संचालन गरेका ८५ ओटा जिप आज बाट संचालन गर्दै आइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले जिपमा चार जना यात्रु र एक जना चालक मात्र यात्रा गर्ने भने पनि जिप संचालन गर्न नसकिने व्यवसायीले पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कच्ची सडक भएका कारण ठुला गाडीहरु संचालनमा छैनन्। गाडीले ओहर दोहर गर्दा बिस लिटर तेल खान्छ जसको बजार मुल्य दुई हजार दुई सय हुन्छ। चार जना यात्रु बोक्दा मात्र तिन हजार दुई सय हुन आउँछ। ड्राईभर खर्च एक हजार र काउन्टर चार्ज साहुँको खल्ती बाट हाल्नु पर्ने बाध्यात्मक परिस्थिती बनेको कारण जिप चलाउन नसकिएको मानोसरोवर यातायातका अध्यक्ष धमेन्द्र सिंहले बताउनु भएको छ।

जीप सेवा बन्द हुँदा जिल्लाका ग्रामीण सडक पुगेका सबै क्षेत्रका यात्रुहरु मर्कामा परेका छन्। सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्डमा सञ्चालन भइरहेका जीप पुर्ण रुपमा बन्द गर्ने भनिएतापनि शुक्रबार नै सेवा सुचारु गरिएको सम्मेलनमा अध्यक्ष भण्डारीले बताए। ४४ कीलोमीटर सडक रहेको त्यस बाटोमा दैनिक ४० बढी जिप संचालनमा थिए।

जिल्ला प्रशासन कार्यालयले जबरजस्ती जीप ब्यबसायीलाई बन्द गर्न बाध्य बनाएको कुरा स्वामीकार्तिक मानोसरोवर यातायात प्रालिका अध्यक्ष  सिंहले आरोप लगाए। 

समितिले जीपमा रहेको पछाडीका सिट र हुट समेत प्रहरीले जवरजस्ती हटाएको सिंहको आरोप रहेको छ। मार्तडी देखि कोल्टी सम्मको ४३ किलोमिटर सडक खण्डको भाडा दर जिल्ला प्रशासन कार्यालयले तोक्दै रु ८०० भाडामा ४ जना मात्र यात्रु बोक्नु पर्ने जनाएको थियो।

उक्त निर्णयलाई जीप सेवा यातायात व्यवसायी समितिले अस्विकार गर्ने दाबा गुरुङले जनाकारी दिए। जिल्ला प्रशासन कार्यालयले सडक मर्मत गर्ने निकायलाई सडकको स्तरउन्नती गराउन पहल गरे मात्र प्रशासनको भाडादरमा जान सक्ने गुरुङले बताए। 

जीप व्यवसायी समितिले तोकेको भाडादर भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो आए पछि सर्वपक्षिय छलफल गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउँने गरेका छन्, प्रमुख जिल्ला अधिकारी बरालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उपसमिति गठन गर्दै सडक र जीप संञ्चालक समितिको समस्या समाधान गरिने बताए।

कोल्टी मार्तडी सडक खण्डमा जय मालिका यातायात प्रालि र स्वामिकात्र्तिक यातायात प्रालिका एक सय भन्दा बढी जीपहरुले सेवा दिदै आइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ