arrow

खुशी हुन एउटै सूत्र काफी, यसरी बन्नुस् सधैं खुशी 

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
khushi_karan.JPG

काठमाडौं । मानिस खुशी कसरी हुन्छन् ? पैसा कमाएर महलमा बस्दैमा मानिस कहिले पनि खुशी हुन सक्दैनन् । पैसा कमाएर मात्रै पैसा हुन्थे भने यो वर्गीय विभेदले जेलिएको यो दुनियाँमा धनीहरुमात्रै खुशीका भागेदार बन्थेहोला । हिन्दीमा एउटा यस्तो गीत पनि छ खाऊ पिऊ मस्त रहु भन्ने भाव समेटेको । यो दुनियाँमा यस्ता यस्ता मानिसहरु पनि भेटिन्छ । धेरै मानिसहरु खुशी हुनको लागि थरी थरीका उपायहरु अपनाउँछन् । तर, ती सबै बेकारका कुरा रहेको अध्ययनले देखाएको छ । 

अमेरीकी एक लेखिका एलिजाबेथ गिलबर्टले आफ्नो सबैभन्दा धेरै विक्री भएको किताब ईट, प्रे, लवमा लेखिएकोे छ कि खुशीहरु मानिसको आफ्नो कोशिसको नतिजा हो । त्यसैले अरु सबै प्रयासको साँटो एउटै कोशिसको मन्त्रले मानिसलाई खुशी राख्न सक्दछ । मानिसको लागि एउटा खुशीको लागि धेरै भड्किनु पर्छ । तर, बल्ल बल्ल भेटिएको खुशी पनि लामो समयसम्म जोगाईराख्नको लागि मानिसलाई समस्या पर्दछ । जसले मानिस बेचैन हुन थाल्दछ । 

एउटा नयाँ रिसर्च भन्छ कि खुशीहरुको लागि मेहनत केही हदसम्म मात्रै काम गर्छ । मेहनत गर्दापनि यदि खुशी मिलेन भने मानिस एक्लोपन र तनावको शिकार बन्न सक्छ । एउटा सफल मानिस खुशी र उदासीको फरक पाउनै भुल्न थाल्दछ । तर, खुशी भनेको एक स्वतन्त्र पंक्षी जस्तै हो । जसलाई जति पक्रिन खोज्यो उति नै उड्न थाल्छ । त्यसैले खुशीको पछि भाग्ने होईन । खुशीलाई बोलाउने कोशिस गर्नुपर्छ । 

मनोवैज्ञानिक आईरिस मासका अनुसार पछिल्लो एक दशकमा अमरीकामा यस्तो धेरै किताबहरु लेखिएका छन् । जसमा खुशीको पहिभाषा दिँदै खुशी हुने तरिका बताईएको छ । यी किताबहरुमा स्वयं खुशी राख्ने तरिका त बताईएको छ । तर, यदि कोशिस गर्दा गर्दै पनि खुशी मिलेन भने के गर्ने भन्ने बारे भने बताईएको छैन । 

प्रोफेसर मासले माया तामिर तथा निकोल सविनोका साथ मिलेर एक रिसर्च गरेका थिए । उनीहरुले सहभागीहरुलाई धेरै प्रश्न सोधेका थिए भने केही प्राक्टिकल समेत गराएका थिए । 

तर, नतीजा धेरै उल्टोपुल्टो आयो । अर्थात् उनीहरुको रिसर्चका अनुसार मुस्किल अवस्थामा खुशीको जरुरत महसुस नै नहुने उनीहरुले पाए । जब दिल र दिमाग शान्त हुन्छ । त्यही बेलामामात्रै धेरै खुशीको जरुरत हुन्छ । त्यसैले खुशीको लागि एउटै सूत्र हो कोशिस । कोशिस गरेर सफलता पाएपछि मात्रै मानिस खुशी हुन सक्छ । होईन भने धन सम्पत्ति र अरु मोज मस्तिले मात्रै मानिस खुशी नहुनेकुरा अध्ययनले प्रमाणित गरिसकेको विषय हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ