arrow

सरकार जनता सुरक्षित छन् भन्छ तर उपत्यकामै पेस्तोलको बिगबिगी छ 

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
pistol.jpg.jpeg

भक्तपुर । केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकभर नेपालीहरु सुरक्षित रहेको दावी गरिरहँदा उपत्यकाभित्रै खतराको घण्टी बजिरहेको छ । पेस्तोलसहित अपराधीहरु हिंडिरहँदा सुरक्षित हुने अनुभूति पाउन सकिएको छैन । 

शिनबार सशस्त्र प्रहरी बलको विशेष टोलीले भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् । 

प्रकाउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ