arrow

रेलको ड्राइभर बन्न के गर्नुपर्छ ? ट्रायल दिनु पर्छ कि पर्दैन ?

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
train_Driver.jpg

काठमाडौं । नेपालमा पनि धेरै रेलको सपना देखाईँदै छ । हाम्रो भौगोलिक अवस्थितीका कारण अझैसम्म पनि नेपालमा नै रेल चढ्ने सपना पूरा गर्नको लागि जनकपुर नै पुग्नुपर्ने अवस्था छ । त्यसो त सरकार आफैं पनि रेल किन्ने तयारीमा छ । तर, रेल चलाउन जान्ने जनशक्ति नहुँदा अहिले पनि भारतबाट या अन्य मुलुकबाट नै ड्राइभर ल्याउनुपर्ने देखिएको छ ।  

एक रेल ड्राइभर बन्नको लागि हामीसँग के योग्यता चाहिन्छ ? यो धेरैको लागि जिज्ञासाको विषय हो । नेपालमा त रेल ड्राइभर सम्बन्धी कानून छैन । त्यसैले हामीले छिमेकी मुलुक भारतको रेल ड्राइभरको योग्यताबारे बताउने प्रयास गरेका छौं । एसिस्टेन्स पाईलट क्राइटएरिया पूरा गरेपछि मात्रै कोही पनि रेलको ड्राइभर बन्न सक्छ । 

रेल चलाउनको लागि कक्षा १० उत्तीर्ण भएको व्यक्ति नै योग्य मानिन्छ । यसरी १० कक्षा पास गरेका जो कोहीले पनि ४ चरणको छनोट प्रक्रियामा सहभागी हुन सक्दछन् । यी ४ चरणहरु उसको क्षमता उमेर, लिखित परीक्षा, मानसिक चातुर्यता र उसको स्वास्थ परीक्षणले निर्धारण गर्दछ। यी ४ वटै विषयमा तपार्इँ छनोट हुनु भयो भने त्यो व्यक्तिलार्इ रेलको ड्राइभर बन्नबाट कसैले पनि रोक्न सक्दैन । 

रेल ड्राइभर बन्नको लागि १० कक्षा पास गरेपछि २ वर्षको आइटीआइ डिप्लोमा या पोलिटेक्निक डिप्लोमा पनि गर्नु पर्ने हुन्छ । उमेरको हिसावले न्यूनतम १८ वर्ष तथा अधिकतम ३० वर्षको हुनुपर्छ । यसरी दुर्इवटा आवश्यकता पूरा गरेपछि सामान्य ज्ञान, बौद्धिक परीक्षण, सामान्य विज्ञान, भूगोल विज्ञान जस्ता सवालहरु सोधिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ