arrow

युरोपको एकमात्र देश, जहाँ सबै नागरिकसँग छ आफ्नै घर

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १५ आइतबार
finland.png

काठमाडौं । आफ्नो सौन्दर्य र मनमोहकताले भरिएका संसारका केही मात्र मुलुकहरु छन् । जसमा युरोपियन मुलुक फिनल्याण्ड पनि एक हो । फिनल्याण्ड बेघरबारको समस्या समाधान गर्ने एकमात्र मुलुक हो । अहिले पनि ईयूका ठुला मुलुकका नागरिकहरु घरको समस्यासँग लडिरहेका छन् । फिनल्याण्डमा भने घरबार नभएकामानिसहरुलाई अपार्टमेन्टको व्यवस्था गरिएको छ ।

यसका साथै सामाजिक कार्यकर्ताहरुलाई उनीहरुको जीवनस्तर सुधारका लागि खटाइने गरिएको छ । उनीहरुका लागि यो मुलुकमा रोजगारीको लागि पनि काम गरिने गरिएको छ । 

विकसित समाज 

फिनल्याण्डको प्रशासन विश्वको सबैभन्दा राम्रो मानिन्छ । यहाँ भ्रष्टाचार निकै कम हुन्छ । संयुक्त राष्ट्रसंघको सुखी मानिसहरुको सूचीमा पनि फिनल्याण्ड सबैभन्दा अगाडि रहेको छ । 

जीवनसँग सन्तुष्ट मानिस

यहाँका मानिसहरु आफ्नो जीवनसँग सन्तुष्ट छन् । उनीहरुका लागि बस्न कुनै नयाँ स्थानको खोजी गर्दैनन् । फिनल्याण्डको बस्ने स्थान निकै खुला तथा आरामदायक रहेको छ । मानिसहरुको जीवनस्तर पनि निकै राम्रो रहेको विभिन्न सूचकहरुले देखाउँदै आएका छन् । लैङ्गिक समानतामा पनि यो मुलुक विश्वको शीष पाँच देशमा पर्छ । फिनल्याण्ड सबैभन्दा बढी महिला सांसद भएको मुलुकमा विश्वको तेस्रो स्थानमा पर्छ । 

स्वतन्त्रता 

यो मुलुकमा स्वतन्त्रताको हिसाबमा मानिसहरुलाई निकै खुला नियम रहेको छ । मानिसहरुलाई अभिव्यक्ति तथा व्यक्तिगतको हिसाबमा धेरै स्वतन्त्रता मिल्ने गरेको छ । साथै प्रेस स्वतन्त्रताको मामिलामा पनि यो मुलुक प्रतिबद्ध छ । मानिव अधिकारको मामिलामा पनि यो मुलुक अगाडि रहेको छ ।

स्वच्छ हावापानी 

यो मुलुकको वातावरण पनि स्वच्छ छ । स्वच्छ हावापानीको मामिलामा यो मुलुक विश्वको तेस्रो मुलुकमा पर्छ । पानीको हिसाबमा यो मुलुक सम्पन्न रहेको छ । यहाँ २ लाख तालहरु छन् । जसको कारण यो देशकलाई तालको देश पनि भन्ने गरिन्छ । 

व्यवस्थित शैक्षिक व्यवस्था 

फिनल्याण्डको शैक्षिक व्यवस्था विश्वभर चर्चित छ । २०१६–१७ को एक रिपोर्टका अनुसार यो मुलुकको शिक्षा प्रणाली सबैभन्दा चुस्त छ । जबकी शैक्षिक स्तरको हिसाबमा यो मुलुक विश्वको तेस्रो स्थानमा पर्छ । यो विश्वको सबैभन्दा साक्षर देशमध्येको एक हो । यहाँका अत्यधिक मानिसहरु पुस्तकालयको प्रयोग गर्ने गर्छन् । 

शरणार्थीमैत्री कानुन 

खुसीको मापनका लागि आप्रवासीहरुलाई पनि मापन गरिने गरिएको छ । यसमा पनि फिनल्याण्ड सबैभन्दा अगाडि छ । ५५ लाखको जनसंख्या रहेको यो मुलुकमा आप्रवासीको संख्या ३ लाखको हाराहारीमा रहेको छ । आप्रवासीहरुलाई पनि निकै सस्तो मूल्यमा सामग्री पाइने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ