arrow

श्रीशान्तलाई पछार्दै दीपिका बनिन् बिग बोस १२ को विजेता 

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
dipika-kakkad.jpg

काठमाडौं । भारतीय टेलिजिभन कलर्सबाट प्रशारण भएको बिग बोस १२ औँ संस्करणको विजेता अभिनेत्री दीपिका कक्कड बनेकी छिन् ।

बलिउड दबंग स्टार सलमान खानले संचालन गरेको उक्त संस्करणको आइतबार मध्यराति घोषित फिनालेमा विवादास्पद क्रिकेट स्टार श्रीशान्तलाई पछाडि पार्दै टिभी सिरियल अभिनेत्री दीपिकाले बाजी मारेकी हुन् । 

कलर्स टेलिभिजनमा प्रशारण भएको धारावाहिक ‘ससुराल सिमरका’ बाट लोकप्रिय दीपिकाले श्रीसान्तलाई हराउँदै महिला पनि सक्षम छन् भन्ने प्रमाणित गरेकी हुन् । यसअघि शिल्पा शिन्दे, उर्वशी ढोलकिया, जूही परमार र श्वेता तिवारी बिग बोस बनिसकेका थिए ।

१०५ दिनसम्म चलेको बिग बोसको यो सिजनको फिनालेका लागि तीन जना रहेकामा बिहारी बाबु दीपक ठाकुरले २० लाख भारतीय रुपैयाँ लिएर फिनाले होडबाट बाहिरिने निर्णय गरेपछि दीपिका र श्रीशान्तबीच उपाधि भिडन्त भएको थियो । 

त्यसमा दीपिकाले बाजी मारिन् । उनले ट्रफीसहित ३० लाख भारतीय रुपैयाँ जितेकी छिन् । 

बिग बोसको घरमा सुरुआतमा निकै कठिनाइ बेहोरेकी ३२ वर्षीया दीपिकाले त्यसपछिका दिनमा श्रीशान्तलाई भाइ बनाएपछि उनीहरुबीचको सम्बन्ध बलियो मात्र भएको थिएन एकले अर्कालाई बचाउने काम गर्दथे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ